बुधबार, असार १०,२०८३ 05:39:51
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:39:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बागमतीमा गरिब परिवारको घर निर्माणलाई प्राथमिकता, बजेटमा २० करोड

Laxmi Sunrise Bank Limited
बागमतीमा गरिब परिवारको घर निर्माणलाई प्राथमिकता, बजेटमा २० करोड

काठमाण्डौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अति विपन्न परिवारको आवास निर्माण कार्यक्रमलाई प्राथमिकता दिँदै २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशभरका १ हजार अति विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गर्न उक्त बजेट छुट्याइएको जानकारी दिए।

New Office
CG Motors
Garima Development Bank

मन्त्री तामाङका अनुसार यो कार्यक्रमले आवासविहीन तथा अत्यन्त कमजोर आर्थिक अवस्थाका परिवारलाई स्थायी बसोबासको सुनिश्चितता दिलाउने लक्ष्य लिएको छ।  

प्रदेश सरकारले सामाजिक सुरक्षालाई सुदृढ बनाउँदै गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम अघि सारेको हो।

आगामी बजेटमा सामाजिक विकास, गरिबी न्यूनीकरण र आधारभूत सेवामा पहुँच विस्तारलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विपन्न परिवारको घर निर्माण कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रदेश सरकारका अनुसार सुरक्षित आवास उपलब्ध गराउनु सामाजिक न्याय र समावेशी विकासको महत्वपूर्ण आधार भएकाले यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट भाषण जारी रहेको छ, जसमा अन्य विकास प्राथमिकता, क्षेत्रगत कार्यक्रम तथा आर्थिक योजनाहरू क्रमशः सार्वजनिक गरिँदै छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.