बुधबार, असार १०,२०८३ 05:39:50
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:39:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मधेश प्रदेशका सहकारीलाई सेयरबजारमा लगानी गर्न बन्देज, घरजग्गा कारोबारमा समेत रोक

Laxmi Sunrise Bank Limited
मधेश प्रदेशका सहकारीलाई सेयरबजारमा लगानी गर्न बन्देज, घरजग्गा कारोबारमा समेत रोक

काठमाण्डौ । मधेश प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमार्फत सहकारी क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्ने नीति ल्याएको छ ।  

बजेटमार्फत सहकारीमा नागरिकको बचत अपचलन गर्ने संचालक तथा पदाधिकारीहरुलाई कुनै पनि प्रकारको छुट नदिने उल्लेख गरेको छ ।  

साथै त्यस्ता व्यक्तिहरूको सम्पत्ति तत्काल रोक्का गरी आवश्यक परे जफतसमेत गरेर बचतकर्ताको रकम फिर्ता गराउने कानुनी तथा संस्थागत व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

बजेटले सहकारीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्ने नीति पनि लिएको छ । बजेटमार्फत प्रदेश सरकारले अब सहकारी संस्थाहरूले सेयर बजार र घरजग्गा कारोबारमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।  

साथै सहकारीको लगानी कृषि, उद्यमशीलता तथा उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, सहकारी क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउन प्रदेशका सबै सहकारी संस्थालाई अनिवार्य रूपमा एकीकृत प्रादेशिक डिजिटल नियमन तथा अनुगमन प्रणालीमा आबद्ध गरिने भएको छ । यस प्रणालीमार्फत सहकारीहरूको कर्जा प्रवाह, तरलता अवस्था तथा वित्तीय जोखिमको वास्तविक समयमै निगरानी गरिनेछ ।  

त्यसैगरी, समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन तथा समग्र सहकारी क्षेत्रको सुधारका लागि मधेश प्रदेशले संघीय सरकारको सहकारी नियमन प्राधिकरणसँग समन्वय र सहकार्य गर्ने जनाएको छ। सहकारी क्षेत्रमा देखिएको संकट समाधान गरी सर्वसाधारणको विश्वास पुनःस्थापित गर्नु बजेटको मुख्य उद्देश्य रहेको सरकारको भनाइ छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.