बुधबार, असार १०,२०८३ 12:11:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:11:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी शुरुवात, अल्जेरिया ३–० ले पराजित

Laxmi Sunrise Bank Limited
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी शुरुवात, अल्जेरिया ३–० ले पराजित

काठमाण्डौ । अर्जेन्टिनी कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा विजयी शुरुवात गरेको छ।

कानसास सिटी स्टेडियममा सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

New Office
CG Motors
Garima Development Bank

अर्जेन्टिनाको जितमा कप्तान मेसी एक्लैले ह्याट्रिक पूरा गरे। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जीत दिलाए।

खेलको १७औँ मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारमार्फत मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।  

त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दै उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे।

यो ह्याट्रिकसँगै मेसीको विश्वकप गोल संख्या १६ पुगेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकप इतिहासकै सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।

३८ वर्षको उमेरमा ह्याट्रिक गर्दै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीसमेत बनेका छन्।

साथै, अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेसीले छैटौँ विश्वकप खेल्ने पहिलो फुटबलरको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।  

सन् २००६ मा विश्वकप यात्रा सुरु गरेका मेसी अझै पनि अर्जेन्टिनाको उपाधि यात्राका प्रमुख आधारस्तम्भका रूपमा रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.