बुधबार, असार १०,२०८३ 12:10:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:10:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्राजिलको दमदार पुनरागमन, हाइटीमाथि ३–० को सानदार जीत

Laxmi Sunrise Bank Limited
ब्राजिलको दमदार पुनरागमन, हाइटीमाथि ३–० को सानदार जीत

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले बलियो पुनरागमन गर्दै हाइटीमाथि ३–० को सानदार जीत निकालेको छ।  

पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएपछि दबाबमा रहेको ब्राजिलले शनिबार फिलाडेल्फिया स्टेडियममा आक्रामक र प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

New Office
CG Motors
Garima Development Bank

खेलभर ब्राजिलले सुरुदेखि नै उच्च दबाब कायम राख्दै विपक्षी रक्षापंक्तिलाई निरन्तर चुनौती दिएको थियो।

म्यानचेस्टर युनाइटेडका फरवार्ड कुन्हा यस खेलका प्रमुख आकर्षण बने, जसले दुई गोल गर्दै टोलीको जीत सुनिश्चित गरे।

ब्राजिलले खेलको २३औँ मिनेटमै अग्रता बनाएको थियो।  

कुन्हाले प्रहार गरेको बल डिफेन्डर डेलक्रोइक्सलाई लागेर पुनः उनकै शरीरमा फर्किँदै गोलमा परिणत भएपछि ब्राजिलले सुरुवाती फाइदा उठायो।  

त्यसपछि ३६औँ मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए।

पहिलो हाफको अतिरिक्त समयमा (४:५ं३ मिनेट) स्टार विङ्गर भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दै ब्राजिलको अग्रता ३–० मा पुर्‍याए।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो गोलसँगै उनले यस विश्वकपमा आफ्नो दोस्रो गोल पनि पूरा गरे।

दोस्रो हाफमा ब्राजिलले खेलको गति नियन्त्रणमा राख्दै थप गोलको प्रयास गरे पनि सफल हुन सकेन। 

उता हाइटीले केही आक्रामक प्रयास गरेपनि ब्राजिलको बलियो रक्षापंक्तिलाई तोड्न सकेन।

पहिलो खेलमा मोरक्कोसँग अंक बाँडेको ब्राजिलका लागि यो जीत मनोबल बढाउने महत्वपूर्ण पुनरागमन साबित भएको छ।  

दुई खेलबाट ४ अंक जोड्दै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ।

उस्तै ४ अंक भएपनि मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।  

लगातार दोस्रो हार बेहोरेको हाइटी भने अंकविहीन हुँदै समूहको पुछारमा पुगेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.