बुधबार, असार १०,२०८३ 09:35:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:35:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा महाधिवेशनका लागि ३,९९० प्रतिनिधिले बुझाए सहभागिता शुल्क, १.९९ करोड रुपैयाँ संकलन

Laxmi Sunrise Bank Limited
रास्वपा महाधिवेशनका लागि ३,९९० प्रतिनिधिले बुझाए सहभागिता शुल्क, १.९९ करोड रुपैयाँ संकलन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिहरूबाट करिब २ करोड रुपैयाँ बराबरको शुल्क संकलन भएको छ।  

पार्टीका अनुसार निर्धारित ५ हजार रुपैयाँका दरले ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्।

New Office
CG Motors
Garima Development Bank

रास्वपा प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विवरणअनुसार प्रतिनिधि दर्ता र शुल्क संकलन प्रक्रिया लगभग पूरा भएको छ।

संकलित तथ्यांकअनुसार प्रतिनिधिहरूबाट मात्र १ करोड ९९ लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ।  

उक्त रकम निर्वाचन आयोगसमक्ष समेत बुझाइसकिएको र अहिले त्यसको रुजु तथा प्रमाणीकरण प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पार्टीले तोकेको शुल्क महाधिवेशनको व्यवस्थापन, प्रशासनिक तयारी तथा कार्यक्रम सञ्चालन खर्चका लागि प्रयोग गरिने बताइएको छ।

संगठनले महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक सबै तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

चितवनमा भोलिबाट शुरु हुने महाधिवेशनमा नेतृत्व चयन, संगठनात्मक संरचनाको पुनर्संरचना तथा आगामी राजनीतिक दिशा निर्धारणसम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.