काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका दुईजना सञ्चालकको राजीनामा एकैपटक स्वीकृत भएको छ । असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक मणि कुमार अज्र्याल र सुधिर कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
दुवैजनाले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै असार १० गते राजीनामा दिएका थिए ।

