मंगलवार, असार १६,२०८३ 01:30:16
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:30:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुर्माटपमा टेलिकमको फोरजी सेवा सञ्चालन

Laxmi Sunrise Bank Limited
मुर्माटपमा टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाण्डौ । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । असार १५ गतेदेखि सो सेवा शुभारम्भ भएको हो ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्नेछन् । यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ । अब पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सहज रूपमा सामाजिक सञ्जालमार्फत आदानप्रदान गर्न सक्नेछन् ।

New Office
CG Motors
Garima Development Bank

उक्त क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको उक्त टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा समेत कार्य गर्नेछ । यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’को आफ्नो दायित्वलाई आत्मसात् गर्दै देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पनालाई साकार बनाउन कम्पनी प्रतिबद्ध रहने टेलिकमले प्रतिवद्धता जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.