शनिबार, श्रावण २,२०८३ 06:02:27
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 06:02:27
Bizshala
Global IME Bank Limited

सेबोनमा लगानीकर्ताहरुको १६ बुँदे माग, पूँजीबजार सुधारको लागी भिजन पेपरको तयारी गर्ने बोर्डको प्रतिबद्धता

सेबोनमा लगानीकर्ताहरुको १६ बुँदे माग, पूँजीबजार सुधारको लागी भिजन पेपरको तयारी गर्ने बोर्डको प्रतिबद्धता
New Office

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबान)का नवनियुक्त अध्यक्ष डा.गोपाल प्रसाद भट्टसँग भेटगरी पूँजीबजार सुधारका लागि १६ बुँदे मागहरु पेश गरेका छन् ।  

सेयर लगानीकर्ताहरुको संगठन नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ, जनरल इन्भेष्टर्स एसोसिएसन, नेपाल सेयरबजार लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघले अध्यक्ष भट्टसँग मागका सम्बन्धमा छलफल समेत गरेका छन् ।  

नेपालको पूँजीबजारमा देखिएका नीतिगत कमजोरी, अपारदर्शी निर्णय प्रक्रिया, नियामकीय निष्क्रियता, कमजोर अनुगमन तथा केही सीमित समूहको प्रभावका कारण आम लगानीकर्ताको विश्वास निरन्तर कमजोर हुँदै गएको लगानीकर्ताहरुले बताएका छन् ।  

बजारको दीर्घकालीन विकासभन्दा अल्पकलीन स्वार्थलाई प्राथमिकता दिइएका कतिपय कारण सर्वसाधारण लगानीकर्ताले ठूलो आर्थिक क्षति व्यवोर्नुपपरेको अवस्था सिर्जना भएको लगानीकर्ताहरुले बोर्ड अध्यक्षसँग गुनासो व्यक्त गरेका छन् ।  

सो सम्बन्धमा अध्यक्ष भट्टले लगानीकर्ताका उक्त मागहरु चाँडै कार्यान्वयन गर्ने आश्वासन दिलाएका छन् । बोर्ड अध्यक्ष भट्टले अबका दिनमा नीतिहरु बनाउँदा लगानीकर्ताको राय सुझाव लिएर मात्रै नीति बनाउने वा परिवर्तन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

लगानीकर्ताहरुले राखेका १६ बुँदे माग

–बुक बिल्डिङ तथा प्रिमियम आईपीओ व्यवस्था पूर्ण रुपमा खारेज

–बुक बिल्डिङमा आईपीओ जारी गर्न दिइएका सैद्दान्तिक सहमति खारेज गर्नुपर्ने

–नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनमा पूर्ण रोक लगाउन तथा विगतमा स्वीकृति पाएका यस्ता कम्पनीहरुको पुनरावलोकन गरी आवश्यक परेमा डिलिस्टिङ गर्नुपर्ने  

–आइजीन सम्बन्धी सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानूनबमोजिम कडा कारबाही हुनुपर्ने

–नेपालको पूँजीबजारमा मार्केट मेकर तथा डिलर सम्बन्धी व्यवस्था कडाईका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने  

–म्युचुअल फण्डको उद्देश्यअनुरुप सञ्चालन सुनिश्चित गर्नुपर्ने  

–३ वर्षभन्दा बढी अवधि सेयर होल्ड गर्ने लगानीकर्तालाई प्रोत्साहनस्वरुप लाभकर ५ प्रतिशत मात्र कायम गर्नुपर्ने र सर्ट टर्म, मिड टर्म र लङ टर्म लगानीको स्पष्ट वर्गीकरण्ण तत्काल लागू गर्नुपर्ने  

– बजारमा अफवाह र आतंक प्यानिक सेलिङ फैलाउने गतिविधिमाथि कडा निगरानी तथा कारबाहीको प्रभावकारी व्यवस्था गर्नुपर्ने  

–डीपी शुल्क रु.२५ लिने व्यवस्था पुनरावलोकन गरी यथोचित रुपमा घटाउनुपर्ने  

–हालको बजारको अवस्थाका कारण बुकभ्यालु भन्दा कम मूल्यमा कारोबार भइरहेका सवल तथा नाफामुखी कम्पनीलाई आफ्नै सेयर ‘बाई ब्याक’ गर्न सक्ने कानूनी व्यवस्था लागू गर्नुपर्ने  

–सेयर स्वामित्वमा सन्तुलन कायम गर्नुपर्ने  

–कमजोर कम्पनीलाई पूँजीबजारको ढोका बन्द गर्नुपर्ने

–ब्रोकर एकाधिकार अन्त्य गर्नुपर्ने

–कम्पनी ऐन संशोधनको मस्यौदा मार्फत प्रस्तावित थप कर व्यवस्था तत्काल फिर्ता गर्नुपर्ने  

–आईपीओको बाढी होइन, बजारमा माग वृद्धि गर्नुपर्ने

– आम लगानीकर्ताको हितलाई केन्द्रमा राखेर पूँजीबजार सुधारका लागि प्रस्तुत सम्पूर्ण मागहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने  

अध्यक्ष भट्टले गरेका प्रतिबद्धता  

–धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागी भिजन पेपरको तयारी गर्ने काम भइरहेको र बजारलाई थप पारदर्शि र व्यवस्थित बनाउन सहयोग पुग्ने ।  

–नेगेटिभ नेटवर्थ भएका कम्पनीका आईपीओ तत्काल रोक्ने र बुक बिल्डिङ र प्रिमियम मूल्यको आईपीओ निष्कासनमा गम्भीर अध्ययन भइरहेको आश्वासन

– अबका दिनहरुमा बजारको गुनासो लिएर लगानीकर्ताहरु बोर्डमा आउन नपर्ने गरी काम हुने विश्वास दिलाइएको  

–धितोपत्र बोर्डले नीतिहरु बनाउँदा सरोकारवालाहरुको सहभागितामा छलफल गरेर नीतिहरु बनाउने कुरा व्यक्त  

– बजारमा नकारात्मक हल्ला गर्ने, सञ्जालहरुमा बजारको बारेमा हल्ला गर्ने र कथित प्राविधिक विश्लेषणको नाममा इन्साईडर ट्रेडिङ को भूमिका खेल्नेमाथि नियमन गर्ने प्रतिबद्धता  

–प्री–आईपीओको नाममा भएको चलखेल तत्काल रोकी आवश्यक कारवाही गर्ने कुरा प्रतिबद्धता  

– मार्केट मेकर, डिलर र म्युचुअल फण्डले उद्देश्यअनुरुप काम गरे नगरेको निगरानी गर्ने र ब्रोकर लाइसेन्स खुल्ला राख्ने कुरामा छलफल  

– क्यापिटल गेन ट्याक्सलाई सर्ट–टर्म, मिड–टर्म र लङ–टर्म सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने साथै अहिले विद्यमान डीपी चार्जमा पुनरावलोकन गर्न समन्वय गर्ने  

–कम्पनीको सेयर स्वामित्व र अनुपातमा अध्ययन गरी ५१ः४९ कायम गर्नमा अध्ययन गर्ने  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.