शनिबार, श्रावण २,२०८३ 02:24:43
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 02:24:43
Bizshala
Global IME Bank Limited

ठूला ईभी किन्न बैंक ऋण सहज हुने, कर्जा सीमा बढाउँदै राष्ट्र बैंक

ठूला ईभी किन्न बैंक ऋण सहज हुने, कर्जा सीमा बढाउँदै राष्ट्र बैंक
New Office

 

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदमा बैंक तथा वित्तीय संस्थाबाट पाइने कर्जाको सीमा सहज बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ठूला विद्युतीय सवारीसाधनका लागि कर्जा–मूल्य अनुपात अर्थात् लोन टु भ्यालु रेसियो बढाउने व्यवस्था अघि सारेको हो । यसले सार्वजनिक तथा व्यावसायिक प्रयोजनमा प्रयोग हुने विद्युतीय बस, माइक्रोबस, ट्रक तथा अन्य ठूला ईभी खरिद गर्न चाहने व्यवसायीलाई केही सहजता दिने अपेक्षा गरिएको छ ।

हाल विद्युतीय सवारीसाधन तथा निजी प्रयोजनका अन्य सवारीसाधनमा कर्जा–मूल्य अनुपात ६० प्रतिशत तोकिएको छ । यसको अर्थ सवारीसाधन खरिद गर्दा बैंक तथा वित्तीय संस्थाबाट मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण लिन सकिन्छ । बाँकी ४० प्रतिशत रकम खरिदकर्ताले आफैं लगानी गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले विशेषगरी ठूला विद्युतीय सवारीसाधनतर्फ लगानी आकर्षित गर्ने, सार्वजनिक यातायातलाई विद्युतीकरणतर्फ लैजाने र इन्धन आयात घटाउने नीतिगत लक्ष्यलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

यसअघि जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपरेको अवस्थामा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको थियो । अब भने ठूला विद्युतीय सवारीसाधनको हकमा पनि कर्जा सीमा सहज बनाउने नीति अघि सारिएको हो ।

राष्ट्र बैंकले यो व्यवस्थालाई हरित अर्थतन्त्र, स्वच्छ ऊर्जा प्रयोग र दिगो यातायात प्रणाली प्रवर्द्धनसँग जोडेको छ । बैंकिङ प्रणालीबाट ठूला ईभीमा लगानी सहज भए सार्वजनिक यातायात तथा मालवाहक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्न सक्ने देखिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.