शनिबार, श्रावण २,२०८३ 09:17:46
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:17:46
Bizshala
Global IME Bank Limited

दुई नाबालकको पासपोर्ट छाप्दै जर्मन कम्पनीबाट राहदानी छपाई सुरु

दुई नाबालकको पासपोर्ट छाप्दै जर्मन कम्पनीबाट राहदानी छपाई सुरु
New Office

 

काठमाण्डौ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले सोमबारदेखि नेपालमा नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएका छन्। नयाँ प्रणालीको सुरुवात दुई जना नाबालकको राहदानी छपाइ गरेर गरिएको हो।

राहदानी विभागले सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत व्यक्तिगत विवरण सङ्कलन, राहदानी पुस्तिका छपाइ तथा वितरण सेवा सुरु भएको जनाएको छ। नयाँ प्रणालीको औपचारिक शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बिहान गरेका हुन्।

राहदानी विभागकी उपनिर्देशक सोनु थापाका अनुसार नयाँ प्रणालीबाट पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापिएको छ।

यसअघि सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले नेपालमा राहदानी छपाइ तथा व्यवस्थापनको काम गर्दै आएको थियो। नयाँ ठेक्काअन्तर्गत म्युहलबउर र भेरिडोसले राहदानी प्रणाली सञ्चालन गर्न थालेका हुन्।

विभागका अनुसार नयाँ प्रणाली सञ्चालनमा ल्याउनुअघि करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। विभागले यसलाई नेपालको इतिहासकै ठूलो राहदानी डेटा माइग्रेसन भएको दाबी गरेको छ।

राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रिया भने यसअघि विवादमा परेको थियो। ठेक्कामा अनियमितता भएको आरोपसहित छानबिन र कानुनी कारबाहीको मागसमेत उठेको थियो। तर, सम्झौता कार्यान्वयनको चरणमा पुगिसकेको र ठेक्का रद्द गर्दा अन्तर्राष्ट्रिय तथा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि नयाँ कम्पनीमार्फत सेवा सञ्चालन गरिएको हो।

विभागले नयाँ प्रणाली कार्यान्वयनको सुरुवाती चरणमा केही प्राविधिक समस्या, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ।

सम्भावित समस्या समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले जानकारी दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.