शुक्रबार, श्रावण १,२०८३ 07:13:10
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:13:10
Bizshala
Global IME Bank Limited

राज्य संकटमा छ, राष्ट्रिय मुद्दामा सबै दल एकजुट बनौँ : अमरेशकुमार सिंह

राज्य संकटमा छ, राष्ट्रिय मुद्दामा सबै दल एकजुट बनौँ : अमरेशकुमार सिंह
New Office

 

काठमाण्डौ ।  प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुक गम्भीर संकटमा परेको र नागरिकमा निराशा बढिरहेको भन्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एकताबद्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। दलहरूबीच साझा राष्ट्रिय मुद्दा तय गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौँ र राष्ट्रिय मुद्दा तय गरौँ,’ उनले भने, ‘हामी सबै मिल्यौँ भने मात्रै यो राज्य र लोकतन्त्र जोगिन सक्छ।’

संसद्लाई राजनीतिक घोचपेच र आरोप–प्रत्यारोपको थलो नबनाउन आग्रह गर्दै सिंहले राज्य र जनता रहेमात्र राजनीतिक गतिविधि सम्भव हुने बताए।

‘आज हाम्रो राज्य संकटमा छ। नागरिकमा निराशा छ। यो देशमा बाँच्न र केही गर्न सकिँदैन भन्ने भाष्य संसद्बाट निर्माण नगरौँ,’ उनले भने, ‘राज्य र जनता रहे फेरि राजनीति गरौँला। जनता र लोकतन्त्र नै समाप्त भए हामी कोही पनि रहनेछैनौँ।’

सिंहले देश संकटमा रहेका बेला दलहरूले नागरिकलाई थप निराश बनाउने अभिव्यक्ति र गतिविधि गर्न नहुने बताए। उनले जनतामा आशा र विश्वास जगाउने गरी संसद् तथा सरकारले काम गर्नुपर्नेमा जोड दिए।

बैठकमा उनले यसै साता आत्मदाहको प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.