शुक्रबार, श्रावण १,२०८३ 07:09:57
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:09:57
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते
Capital Market

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते

 काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठकपछि अर्को बैठक साउन १४ गते राख्ने सहमति भएको हो।कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार अर्को बैठकको मितिबारे सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक जानकारी गराउनेछन्।

प्रतिनिधिसभा बैठक बुधबार सम्मकालागि स्थगित
NEWS

प्रतिनिधिसभा बैठक बुधबार सम्मकालागि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।मंगलबारको बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्।मंगलबार बसेको बैठकमा तीनवटा निकायका वार्षिक प्रतिवेदन पेस गरिएको थियो। बैठकलाई भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।

अचानक संसद् पुगे प्रधानमन्त्री बालेन, रविसँगै प्रतिनिधिसभा बैठकमा प्रवेश
NEWS

अचानक संसद् पुगे प्रधानमन्त्री बालेन, रविसँगै प्रतिनिधिसभा बैठकमा प्रवेश

 काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्।प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका हुन्। केहीबेरअघि दुवै नेता सँगै संसद् भवन पुगेका थिए।प्रधानमन्त्री शाह बैठकमा उपस्थित हुने विषय यसअघि औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन। उनको आकस्मिक...

शंकास्पद गाडी पार्किङमा मौन रास्वपा सांसद, प्रश्न उठाउने विपक्षीमाथि भने नियमापत्ति
NEWS

शंकास्पद गाडी पार्किङमा मौन रास्वपा सांसद, प्रश्न उठाउने विपक्षीमाथि भने नियमापत्ति

 काठमाण्डौ । राजधानीका प्रमुख सञ्चारगृहसहित विभिन्न स्थानमा एकै समयमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको विषय प्रतिनिधिसभामा उठ्दा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले त्यसबारे प्रत्यक्ष प्रश्न उठाएनन्। बरु विपक्षी सांसदहरूले घटनालाई सरकारसँग जोडेर अभिव्यक्ति दिएपछि रास्वपाका सांसदहरूले शब्द चयनमाथि नियमापत्ति जनाए।मंगलबारको प्रतिनिधिसभा...

विपक्षको प्रश्नको प्रतिवाद गर्न नियमापत्तिमा उत्रियो रास्वपा
NEWS

विपक्षको प्रश्नको प्रतिवाद गर्न नियमापत्तिमा उत्रियो रास्वपा

 काठमाण्डौ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारमाथि उठाएका प्रश्नको प्रतिवाद गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिको सहारा लिएका छन्।सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टर डुबानमा परेको विषय, गणेश नेपालीको आत्मदाह, सञ्चारगृह तथा नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि शंकास्पद रूपमा सवारीसाधन...

राज्यसत्ता ‘नेपो किड’ र बिचौलियाको कब्जामा पर्‍यो  :  वर्षमान पुन
NEWS

राज्यसत्ता ‘नेपो किड’ र बिचौलियाको कब्जामा पर्‍यो : वर्षमान पुन

 काठमाण्डौ ।  नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले मुलुकमा आसेपासे पूँजीवाद हाबी हुँदै गएको र राज्यसत्ता बिचौलिया तथा स्वार्थ समूहको कब्जामा पुगेको आरोप लगाएका छन्।प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले जनताले नचिनेका र कुनै संवैधानिक जवाफदेहिता नभएका व्यक्तिहरूले राज्यका महत्त्वपूर्ण निर्णयमा प्रभाव...

राज्य संकटमा छ, राष्ट्रिय मुद्दामा सबै दल एकजुट बनौँ : अमरेशकुमार सिंह
NEWS

राज्य संकटमा छ, राष्ट्रिय मुद्दामा सबै दल एकजुट बनौँ : अमरेशकुमार सिंह

 काठमाण्डौ ।  प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मुलुक गम्भीर संकटमा परेको र नागरिकमा निराशा बढिरहेको भन्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एकताबद्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। दलहरूबीच साझा राष्ट्रिय मुद्दा तय गरेर अगाडि बढ्नुपर्ने...

संसद्‌मा उठ्यो शंकास्पद पार्किङको विषय, एक लाख जरिवाना र गाडी जफत गर्न माग
NEWS

संसद्‌मा उठ्यो शंकास्पद पार्किङको विषय, एक लाख जरिवाना र गाडी जफत गर्न माग

 काठमाण्डौ ।  विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा सार्वजनिक स्थानमा सोमबार शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको विषय प्रतिनिधिसभामा उठेको छ।मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम र सार्वजनिक क्षेत्रमा सवारीसाधन तेर्स्याएर मानसिक त्रास सिर्जना गरिएको बताए।उनले उक्त गतिविधिले पञ्चायतकालीन मण्डलेतन्त्रले...

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेसको रिटमा ३१ असारमा पेसी
NEWS

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेसको रिटमा ३१ असारमा पेसी

 काठमाण्डौ । प्रतिनिधिसभा सञ्चालन नियमावलीविरुद्ध नेपाली कांग्रेसको संसदीय दलले दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी ३१ असारका लागि पेसी तोकेको छ।सत्ता पक्षले संविधानसँग बाझिने गरी नियमावली पारित गरेको दाबी गर्दै कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस, विद्यार्थीलाई सैन्य तालिम दिइने
NEWS

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस, विद्यार्थीलाई सैन्य तालिम दिइने

काठमाण्डौ । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पेस भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।

जेठ १७ को घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव
NEWS

जेठ १७ को घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव

काठमाण्डौ । प्रतिनिधिसभाको गत १७ जेठमा भएको घटनाबारे जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको छ।समितिले अमर्यादित तथा उत्तेजक शब्द प्रयोग भएको अवस्थामा प्रतिनिधिसभा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ। त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि आवश्यक परे बैठकबाट निष्कासन गर्नेसम्मका अधिकार सभामुखले...

विरोधको शैली फेरौं, एउटै विषयमा अल्झिरहनु राम्रो होइन’ : सभामुख
NEWS

विरोधको शैली फेरौं, एउटै विषयमा अल्झिरहनु राम्रो होइन’ : सभामुख

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले करिब ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्।निरन्तर एउटै विषयमा विपक्षी सांसदहरूले विरोध जनाइरहेपछि सभामुख अर्यालले बिहीबार विपक्षी...

प्रतिनिधिसभामा विपक्षी दलहरूको  विरोध
NEWS

प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।सिंहदरबारस्थित संसद् भवनमा बिहीबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उभिएका हुन्।विरोधमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद...

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्म स्थगित
NEWS

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्म स्थगित

काठमाण्डौ  । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश पुनः सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरी अर्को बैठक असार २५ गते बिहीबार बिहान ११ बजेका लागि तोकेका हुन्।

संसद्‌मा ३९ दिनदेखि बालेन मौन, विपक्षीको प्रश्न– ‘यो संसद् हो, कमेन्ट बक्स होइन’
NEWS

संसद्‌मा ३९ दिनदेखि बालेन मौन, विपक्षीको प्रश्न– ‘यो संसद् हो, कमेन्ट बक्स होइन’

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भारत–नेपाल सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि संसद्‌मा प्रश्न उठेको ३९ दिन बितिसक्दा पनि उनले सदनमा जवाफ दिएका छैनन्। विपक्षी दलहरूले निरन्तर जवाफ मागिरहँदा सभामुखले पनि अहिलेसम्म रुलिङ गरेका छैनन्।गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भनेका थिए, ‘तपाईंहरूलाई एउटा...

विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
NEWS

विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी १५ मिनेटका लागि स्थगित भएको छ।बैठक सुरु हुनासाथ सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।विरोधका कारण सदन नियमित कार्यसूचीमा अघि बढ्न नसकेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

सार्वजनिक खरिददेखि सहकारीसम्मका विधेयक प्रतिनिधिसभामा पेस
NEWS

सार्वजनिक खरिददेखि सहकारीसम्मका विधेयक प्रतिनिधिसभामा पेस

काठमाण्डौ । सरकारले हालै जारी गरेका चार अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित ल्याइएका विधेयकहरू आइतबार प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्तुत भएका छन्।आइतबारको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही...

संसदमा चार अध्यादेश पारित, प्रतिनिधिसभा असार ११ सम्म स्थगित
NEWS

संसदमा चार अध्यादेश पारित, प्रतिनिधिसभा असार ११ सम्म स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको जारी बैठक स्थगित गर्दै अर्को बैठक ६ दिनपछि बस्ने गरी कार्यसूची तय गरिएको छ।  शुक्रबार सम्पन्न बैठकले चार वटा अध्यादेश स्वीकृत गरेपछि सभामुखले आगामी बैठक असार ११ गते बिहान ११ बजेका लागि निर्धारण गरेका हुन्।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको वेल घेराउ, बैठक केहीबेर तनावपूर्ण
NEWS

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको वेल घेराउ, बैठक केहीबेर तनावपूर्ण

काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबार श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण केही समय तनावपूर्ण बनेको छ।  विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत छलफल चलिरहेका बेला सांसदहरूले वेल घेराउ गर्दै असन्तुष्टि जनाएका हुन्।

प्रतिनिधिसभामा बैठकमा आज पनि बजेटमाथि छलफल, विभिन्न मन्त्रालयको विनियोजनबारे सांसदहरूले धारणा राख्ने कार्यसूची
NEWS

प्रतिनिधिसभामा बैठकमा आज पनि बजेटमाथि छलफल, विभिन्न मन्त्रालयको विनियोजनबारे सांसदहरूले धारणा राख्ने कार्यसूची

काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा आज पनि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको छ ।  बिहान ११ बजे बस्ने बैठकमा सरकारका महत्वपूर्ण मन्त्रालय र संवैधानिक निकायका लागि विनियोजित बजेटमाथि सांसदहरूले धारणा राख्ने तथा खर्च कटौती प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

मन्त्री अनुपस्थितिमा सांसद राई आक्रोशित, प्रतिनिधि सभा १५ मिनेट स्थगित
NEWS

मन्त्री अनुपस्थितिमा सांसद राई आक्रोशित, प्रतिनिधि सभा १५ मिनेट स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको सोमबारको बैठक सांसद राजेन्द्र राईको कडा आपत्तिपछि केही समयका लागि स्थगित भएको छ।  बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै उनी रोस्टममै उभिएपछि बैठकको कार्यवाही प्रभावित भएको हो।

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १ देखि, मन्त्रीहरूले ३–४ गते जवाफ दिने
NEWS

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १ देखि, मन्त्रीहरूले ३–४ गते जवाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेट शीर्षकमाथि असार १ र २ गते विस्तृत छलफल हुने भएको छ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिमा संसद् अवरुद्ध, प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिमा संसद् अवरुद्ध, प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद्मा उत्पन्न गतिरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।सोमबारको बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले आइतबार संसद्मा दिएको अभिव्यक्ति फिर्ता लिन र त्यसलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गर्दै विरोध जनाएका थिए। 

८ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
NEWS

८ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस

काठमाण्डौं । सरकारले जारी गरेका आठ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरू प्रतिनिधिसभामा औपचारिक रूपमा पेस गरिएको छ।  सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा ती विधेयकहरू सदनमा टेबल गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.