शनिबार, श्रावण २,२०८३ 06:59:37
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 06:59:37
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
New Office

 काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद् बैठकले बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।  

बैठकले बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै सरकारले सशस्त्र प्रहरी बलका खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने र अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएकाछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.