मंगलवार, श्रावण ५,२०८३ 08:08:30
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:08:30
Bizshala
Global IME Bank Limited

रास्वपाले सांसदहरुलाई दियो पाँचबुँदे निर्देशन, भ्रमणबारे अनिवार्य जानकारी गराउनुपर्ने

रास्वपाले सांसदहरुलाई दियो पाँचबुँदे निर्देशन, भ्रमणबारे अनिवार्य जानकारी गराउनुपर्ने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रका नागरिकसँगको संवाद, रणनीतिक समन्वय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्न पाँचबुँदे निर्देशन जारी गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमणका क्रममा अपनाउनुपर्ने कार्यविधि, समन्वय र जनसम्बन्ध विस्तारसम्बन्धी निर्देशन जारी गरेका हुन्।

निर्देशनमा सांसदहरूले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय गर्नुअघि सम्बन्धित पार्टी समितिलाई आधिकारिक जानकारी गराउनुपर्ने उल्लेख छ। साथै, आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जाने कार्यक्रम भए सम्बन्धित सांसद तथा पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्न भनिएको छ।

रास्वपाले सांसदहरूलाई भ्रमणका क्रममा स्थानीय समितिसँग पूर्वछलफल गरी सम्बन्धित क्षेत्रका विशिष्ट तथा ज्वलन्त समस्या पहिचान गर्न निर्देशन दिएको छ। नागरिकका समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग विधिवत् समन्वय गरी ती विषयलाई कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्न पनि भनिएको छ।

त्यस्तै, कार्यक्रमको स्वरूप निर्धारण गर्दा स्थानीय पार्टी संरचनाको सक्रिय नेतृत्व र अपनत्व कायम हुने गरी अघि बढ्न निर्देशन दिइएको छ। पार्टीले सांसदका भ्रमण तथा कार्यक्रमलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट मुक्त राख्दै मितव्ययी शैली अपनाउन आग्रह गरेको छ।

निर्देशनमा निर्वाचन क्षेत्र भ्रमणका क्रममा नागरिकबाट प्राप्त सुझाव, गुनासा तथा स्थानीय समितिबाट आएका वस्तुगत विवरणलाई लिपिबद्ध गरी संस्थागत रूपमा संसदीय दलमा प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.