सोमबार, असार २,२०८२ 09:53:16
  • सोमबार, असार २,२०८२ 09:53:16
Global IME Bank Limited

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता

Hyundai Nepal
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तिय सेवा र पूँजीबजार सम्बन्धी सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन ।

दुवै संस्थाबीच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरुमार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यस बाहेक लगानीकर्ताहरुलाई सेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोवार खाता एवम अनलाईन टिएमएस सेवा समेत उपलव्ध गराईने भएको छ ।  

साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलव्ध गराउनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एलिट क्यापिटलले १ हजार ९९९ रुपैंयाँमा एकपटक खोलेपछि आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैंयाँमा १० बर्षसम्म नविकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ ।  

यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

उपत्यका बाहिरका शाखाहरुमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरुबाट धेरै अनुरोध आएकाले सहजिकरण गर्न र दुबै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.