सोमबार, असार २,२०८२ 07:48:43
  • सोमबार, असार २,२०८२ 07:48:43
Global IME Bank Limited

मोलुङ हाईड्रोपावर ३१.४०% ले घाटा कम गर्न सफल, कस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
मोलुङ हाईड्रोपावर ३१.४०% ले घाटा कम गर्न सफल, कस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेड ३१.४० प्रतिशतले घाटा कम गर्न सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा २ करोड ६५ लाख रुपैयाँ घाटा व्यहोरकेको कम्पनीले उक्त घाटालाई चालु आवको समीक्षा अवधिसम्ममा १ करोड ८१ लाख रुपैयाँमा झार्न सफल भएको हो ।  

घाटा कम गर्न सफल भएपनि कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.६९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १ करोड ९० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको कर्मचारी खर्च २९ लाख २९ हजार,प्रशासनिक तथा अन्य सञ्चालन खर्च १० लाख ९ हजार र वित्त खर्च १ करोड ५९ लाख रुपैयाँ रहेको छ । ८० करोड २५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड २३ लाख र कुल चालु दायित्व ३२ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५८ करोड ४३ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.२७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७७.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८७.१४ गुणा र तरलता अनुपात २८.१८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.