आईतवार, जेष्ठ ३,२०८३ 04:46:20
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:46:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुनाफामा गिरावट आएपछि ‘सेयर बाईब्याक’ गर्दै नोकिया, यो वर्ष पनि चुनौतिपूर्ण हुने

Laxmi Sunrise Bank Limited
मुनाफामा गिरावट आएपछि ‘सेयर बाईब्याक’ गर्दै नोकिया, यो वर्ष पनि चुनौतिपूर्ण हुने
Shivam Cement

काठमाण्डौ । फिनल्याण्डको बहुराष्ट्रिय कम्पनी नोकियाले चालू त्रैमासमा ६५३ करोड डलरबराबरको सेयर बाईब्याक गर्ने जनाएको छ । सन् २०२३ मा कम्पनीको मुनाफामा गिरावट आएसँगै कम्पनीले सेयर बाईब्याकको योजना बनाएको हो ।  

आज कम्पनीको सेयरमा ७ प्रतिशतको वृद्धि देखिएको छ ।  

Bizshala
New Office
CG Motors

विश्वको सबैभन्दा ठूलो मोबाइल सञ्जाल सामाग्री निर्माण कम्पनी नोकियाले चौथो त्रैमासमा ५.७ अर्ब युरोबराबरको बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २३ प्रतिशतले कम हो ।  

यस्तै, कम्पनीको तुलनायोग्य सञ्चालन मुनाफा पनि २७ प्रतिशतले घट्दै ८४६ करोड युरोमा सीमित भएको छ । ‘सन् २०२३ मा ग्राहकको रोजाईमा व्यापक परिवर्तन आउनुका साथै ब्याजदर समेत वृद्धि भएको छ । जसको प्रभाव हाम्रो उद्योगमा परेको छ ।’ नोकियाका सीईओ पेक्का लुन्डमार्कले भने ।  

सीईओ पेक्काले कम्पनीको चुनौतिपूर्ण वातावरण सन् २०२४ मा यथावत रहने बताएका छन् ।  

कम्पनीले सन् २०२४ मा तुलनायोग्य सञ्चालन मुनाफा २.३ अर्ब युरो देखि २.९ अर्ब युरोको बीचमा रहने अनुमान गरेको छ ।

 दूरसञ्चार अपरेटरहरुले नेटवर्कको खर्चमा कटौति बढाएपछि नोकियाको व्यवसाय प्रभावित बन्न थालेको छ । भारतको नेक्स्ट जेनेरेशन मोबाइल नेटवर्कमा लगानी खन्याएको नोकियाको व्यवसाय भारतमा केहि वर्ष यतादेखि खस्कदै आएको छ ।  -एजेन्सी

 

 

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.