आईतवार, असार १,२०८२ 11:21:50
  • आईतवार, असार १,२०८२ 11:21:50
Global IME Bank Limited

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्छ: नाडा उपाध्यक्ष श्रेष्ठ

Hyundai Nepal
राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्छ: नाडा उपाध्यक्ष श्रेष्ठ
Nabil Bank Limited

काठमाण्डौ ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा नाडाको तर्फबाट प्रस्तुति राख्दै राज्यले जनताको अत्यावश्यक वस्तुको रुपमा सवारी क्षेत्रलाई लिएर सहज हिसाबको नीति लिनुपर्ने बताएका हुन् । 

कार्यपत्र प्रस्तुति गर्दै उनले भने, ‘पछिल्लो समय अटोमोबाइल्स उद्योग ८० प्रतिशत खस्किसकेको छ । अब यस क्षेत्रमा लगानी बढाउन नीतिगत स्थिरता आवश्यक छ ।’ श्रेष्ठले पछिल्लो समय विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहेको र नेपालमै उत्पादित विद्युतको उपयोगबाट यसको सञ्चालन गर्न सकिने भएकाले दीर्घकालिन नीति लिन सरकारको ध्यानाकर्षण गराए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले भने, ‘गत वर्षको १८ प्रतिशतको राजश्व हाल ९.५ प्रतिशतमा खस्किएको छ । गतवर्ष अटोमोबाइल्सको गिरावट ५९ प्रतिशत रहेको छ । यसको उपयोग बढाउन वातावरण सिर्जना गर्नुपर्छ ।’ युवाको विदेश पलायनको असर अटोमोबाइल्स क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले कर प्रणाली उपभोक्तामैत्री बनाउनुपर्ने धारणा राखे । 

लगानी बढाउन नीतिगत स्थिरता नै चाहिने आवश्यकता औल्याउँदै श्रेष्ठले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालिन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको बताए । उनले अटोमोबाइल्स क्षेत्र खस्किँदा देशको अर्थतन्त्र नै खस्किने भएकाले बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारलाई सचेत बन्न ध्यानाकर्षण गराए ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.