सोमबार, जेष्ठ ४,२०८३ 03:49:15
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:49:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी

Laxmi Sunrise Bank Limited
विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी
Shivam Cement

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो पहिलो पिक अप ट्रक‘ सार्क’ लाई पहिलोपटक चीनबाहिर डेब्यू गरेको छ । कम्पनीले मेक्सिको सिटीमा पिकअप ट्रक ‘बीवाईडी सार्क’ लाई सार्वजनिक गरेको हो ।  

२०२४ बीवाईडी सार्क ५०० माईलको गति लिन सक्ने प्लग–इन हाईब्रिड पावरट्रेन भएको मिडसाइज ट्रक हो । उत्तर अमेरिकामा चिनियाँ ईभी सवारीका बारेमा उत्पन्न भईरहेको तमाम विवादहरुका बीच कम्पनीले मेक्सिकोमा आफ्नो पिक अप ट्रक सार्वजनिक गरेको हो ।  

यससँगै विश्व बजारमा बीवाईडी सार्कले फोर्ड रेञ्जर, चेभरोलेट कोलोराडो,टोयोटा हाईलक्स र निस्सान जस्ता विश्व स्थापित ब्राण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । ल्याटिन अमेरिका र एशियामा पिकअप सेग्मेन्टको बजार ठूलो भएकाले अमेरिकामा बीवाईडी सार्क बिक्री नभएपनि यसले विश्व अटो बजारमा ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ ।    

तत्कालका लागि बीवाईडी सार्क चीनमै उत्पादन हुनेछ । तर कम्पनीले चाँडै नै मेक्सिकोमा उत्पादन हुने स्थान सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्थान छनौट गरेपछि कम्पनीले मेक्सिकोमै बीवाईडी सार्क उत्पादन गर्नेछ ।  

यसअघि अल्फा रोमियो, अडी र ल्याम्बोरगिनीमा काम गरिसकेका ग्लबोल डिजाइन डाइरेक्टर वल्फग्याङ इग्गरले डिजाइन गरेको बीवाईडी सार्कको डिजाइन बोल्ड र मस्कुलर बक्सी लाइन छ । फोर्ड एफ–१५० लाईटनिङसँग बीवाईडीको धेरै कुरा समान छ । यसको वर्गाकार हेडलाइट र टेललाइट र अगाडि र पछाडी रहेको लाइटबार फोर्ड एफ–१५० सँग मेल खान्छ ।  

Bizshala
New Office
CG Motors

यस्तै एफ–१५० र्याप्टरमा जस्तै बीवाईडीको नाम पनि गाडीको टेलगेट र ग्रिलमा राखिएको छ । यसमा रहेको १२८.३ इन्चको ह्विलबेसले यसलाई अफ रोडमा कुदाउन सजिलो बनाउँछ । भित्री भागमा क्याबिन डिजाइन फिचर्सलाई हाईलाइट गर्न मल्टीपल कलर प्रयोग गरिएको छ ।  

बीवाईडी सार्कमा बीवाईडी युअन र सिलमा जस्तै १२.८ इन्चको घुम्ने स्क्रिन रहेको छ । यो स्क्रिन पोट्रेट र ल्याण्डस्केप दुवै मोडमा प्रयोग गर्न सकिन्छ र यसले एप्पल कार प्ले र एन्ड्रोइड अटो दुवैलाई सर्पोट गर्छ । यसमा चालकका लागि बेग्लै १०.२५ इन्चको  डिस्प्ले र १२ इन्चको हेड–अप डिस्प्ले दिइएको छ । यसले चालकलाई गाडीको गति र दिशा देखाउँछ ।  

यसमा १.५ लिटरको चारवटा सिलेण्डर इन्जिन र दुईवटा इलेक्ट्रिक मोटर रहेको छ । जसले संयुक्त रुपमा ४३० एचपी पावर जेनेरेट गर्छ । यसको सुरुवाति मूल्य मूल्य ५३ हजार ४४० अमेरिकी डलर रहेको छ ।    -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.