सोमबार, जेष्ठ ४,२०८३ 05:44:40
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:44:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा

Laxmi Sunrise Bank Limited
नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा
Shivam Cement

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडीले देश बाहिर आफ्नो निर्यात बढाएको छ । यो वर्षको जनवरीदेखि अप्रिल महिनासम्म सबैभन्दा धेरै ईभी गाडी निर्यात गर्नेको सूचीमा बीवाईडीले बर्चस्व कायम गरेको छ ।  

बीवाईडीले यो वर्षको मार्च महिनासम्म १ लाख ३८ हजार ७६९ युनिट ‘न्यू ईनर्जी भेहिकल(एनईभी)निर्यात गरेको छ । यो संख्या अमेरिकी प्रतिस्पर्धि ईभी निर्माता कम्पनी टेस्लाको तुलनामा १६.४१ प्रतिशतले धेरै हो । यो अवधिसम्म टेस्लाले १ लाख १९ हजार २०२ युनिट नयाँ ईभी कार निर्यात गरेको छ ।  

त्यस्तै अर्को चिनियाँ ईभी कम्पनी एसएआईसी प्यासेन्जर कारले पनि २९ हजार ८२७ युनिट कार देशबाहिर निर्यात गरेको छ । सूचीको चौथो स्थानमा नेटा रहेको छ । नयाँ स्टार्टअप कम्पनीको सूचीमा भने सबैभन्दा धेरै्र नयाँ ईभी कार निर्यात गर्नेको सूचीमा नेटा पहिलो स्थानमा रहेको छ ।  

त्यस्तै चेरीले ४ महिनाको अवधिमा १३ हजार ६९४ युनिट,चानगानले ९ हजार ८५६,एसआईएसी जीएम वुलिङले ९ हजार ८२३,गिल्ली ८ हजार ९४६ र जीएसी एओनले ७ हजार २४२ युनिट नयाँ ईभी निर्यात गरेका छन् ।  

Bizshala
New Office
CG Motors

नयाँ स्टार्टअपमा नेटा अटो अग्रेणी

जनवरीदेखि मार्च महिनासम्म सबैभन्दा धेरै ईभी कार निर्यात गर्नेमा चिनियाँ अटो निर्माता नेटा अटो अग्रेणी कम्पनीको रुपमा देखिएको छ । ४ महिनाको अवधमिा कम्पनी १३ हजार ६९४ युनिट कार निर्यात गर्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानमा पनि चिनियाँ कम्पनी एक्सपेङ रहेको छ । यो कम्पनीले ३ हजार २९ युनिट ईभी निर्यात गरेको छ ।  

त्यस्तै सेरेसले २ हजार ६९१ र स्काईवर्थले ३६८ युनिट नयाँ ईभी निर्यात गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.