आईतवार, असार १,२०८२ 10:48:33
  • आईतवार, असार १,२०८२ 10:48:33
Global IME Bank Limited

नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा

Hyundai Nepal
नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडीले देश बाहिर आफ्नो निर्यात बढाएको छ । यो वर्षको जनवरीदेखि अप्रिल महिनासम्म सबैभन्दा धेरै ईभी गाडी निर्यात गर्नेको सूचीमा बीवाईडीले बर्चस्व कायम गरेको छ ।  

बीवाईडीले यो वर्षको मार्च महिनासम्म १ लाख ३८ हजार ७६९ युनिट ‘न्यू ईनर्जी भेहिकल(एनईभी)निर्यात गरेको छ । यो संख्या अमेरिकी प्रतिस्पर्धि ईभी निर्माता कम्पनी टेस्लाको तुलनामा १६.४१ प्रतिशतले धेरै हो । यो अवधिसम्म टेस्लाले १ लाख १९ हजार २०२ युनिट नयाँ ईभी कार निर्यात गरेको छ ।  

त्यस्तै अर्को चिनियाँ ईभी कम्पनी एसएआईसी प्यासेन्जर कारले पनि २९ हजार ८२७ युनिट कार देशबाहिर निर्यात गरेको छ । सूचीको चौथो स्थानमा नेटा रहेको छ । नयाँ स्टार्टअप कम्पनीको सूचीमा भने सबैभन्दा धेरै्र नयाँ ईभी कार निर्यात गर्नेको सूचीमा नेटा पहिलो स्थानमा रहेको छ ।  

त्यस्तै चेरीले ४ महिनाको अवधिमा १३ हजार ६९४ युनिट,चानगानले ९ हजार ८५६,एसआईएसी जीएम वुलिङले ९ हजार ८२३,गिल्ली ८ हजार ९४६ र जीएसी एओनले ७ हजार २४२ युनिट नयाँ ईभी निर्यात गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ स्टार्टअपमा नेटा अटो अग्रेणी

जनवरीदेखि मार्च महिनासम्म सबैभन्दा धेरै ईभी कार निर्यात गर्नेमा चिनियाँ अटो निर्माता नेटा अटो अग्रेणी कम्पनीको रुपमा देखिएको छ । ४ महिनाको अवधमिा कम्पनी १३ हजार ६९४ युनिट कार निर्यात गर्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानमा पनि चिनियाँ कम्पनी एक्सपेङ रहेको छ । यो कम्पनीले ३ हजार २९ युनिट ईभी निर्यात गरेको छ ।  

त्यस्तै सेरेसले २ हजार ६९१ र स्काईवर्थले ३६८ युनिट नयाँ ईभी निर्यात गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.