शनिबार, असार ७,२०८२ 09:49:10
  • शनिबार, असार ७,२०८२ 09:49:10
Global IME Bank Limited

भारतमा सत्ता गठबन्धनले जित्यो २९२ सिट, किंगमेकरको भुमिकामा नितिश कुमार र चन्द्रबाबू नायडु

के नरेन्द्र मोदीले चलाउन सक्लान् गठबन्धन सरकार ?

Hyundai Nepal
भारतमा सत्ता गठबन्धनले जित्यो २९२ सिट, किंगमेकरको भुमिकामा नितिश कुमार र चन्द्रबाबू नायडु
Nabil Bank Limited

काठमाण्डौ । भारतमा लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । जसअनुसार सत्तारुढ पार्टी बीजेपी बहुमतभन्दा पछि परेको छ । यससँगै अब सत्ता साझेदार नितिश कुमार र चन्द बाबू नायडुको सहारामा बीजेपी सत्तामा रहन सक्ने भएको छ ।  

भारतको १८ औं लोकसभा निर्वाचनमा बीजेपीले २४० सिट प्राप्त गरेको छ । सरकार गठनका लागि भने २७२  सिट आवश्यक पर्छ । बीजेपीको गठबन्धन एनडीएले २९२ सिट हासिल गरेको छ ।  

यस्तै विपक्षी इन्डिया गठबन्धनले २३४ सिट प्राप्त गरेको छ । इण्डिया गठबन्धनका सुत्रधार जेडीयु अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नीतिश कुमारले गत जनवरीमा गठबन्धन परिवर्तन गर्दै एनडीएमा सहभागी भएका थिए । उनले बिहारमा एनडीएसँग मिलेर सरकार बनाउँदै लोकसभा चुनावमा पनि यहि गठबन्धनबाट लडेका थिए ।  

जेडीयुले अपेक्षा गरेभन्दा राम्रो गर्दै बिहारमा १२ सिटमा जित हासिल गरेको छ । साथै बीजेपीले पनि १२ सिट प्राप्त गरेको छ ।  

त्यस्तै आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलगू देशम पार्टीले पनि १६ सिट हासिल गरेको छ । यहाँ आम चुनावका साथै विधानसभा चुनाव पनि भएको थियो । जसमा टीडीपीले १७५ सदस्य भएको विधानसभामा १३५ सिट सहित भारी बुहमत हासिल गरेको छ । टीडीपी पनि एनडीएमा समावेश छ ।  

रोचक कुरा त के छ भने नीतिश कुमार र चन्द्रबाबु नायडू दुवै जनाले केहि समय अघिसम्म मात्रै केन्द्रको मोदी सरकार विरुद्ध मोर्चा तयार गरेका थिए । यसकारण अब एनडीए गठबन्धनमा नीतिश कुमार चन्द्रबाबुको हैसियत महत्वपूर्ण र निर्णायक हुने देखिएको छ ।  

सरकार बनाउनका लागि मोदी र बीजेपीका अघि अब यी पुराना सहयोगीहरुसँग तालमेल गर्नुपर्ने आवश्यकता देखिएको छ । ताजा  नतिजा पछि सत्ता समीकरणमा यी दुवे नेताहरु किङमेकरको भुमिकामा देखिएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

मंगलबार चुनावी नतिजाको रुझानमा बीजेपी एक्लैले बहुमत नल्याउने सम्भावना देखिएपछि विपक्षी इण्डिया गठबन्धनका तर्फबाट एनडीएका घटक दलहरुका लागि ढोका खुला रहेको संकेत आउन थालेको छ । केहि मिडिया रिपोर्टहरुमा इण्डिया गठबन्धनका प्रम्ुख शरद पवारले नीतिश कुमार र चन्द्रबाबु नायडूसँग सम्भावित सत्ता साझेदारका विषयमा छलफल भएको जनाइएको छ । तथापी दुवै जनाले यो खबरको खण्डन गर्दै बुधबार गठबन्धको बैठकमा सहभागी हुन दिल्ली प्रस्थान गर्ने बताएका छन् ।  

तर केहि नेताहरुको बयानले आगामी दिनमा सत्ता समीकरणमा परिवर्तन हुन सक्ने संकेत गरिरहेका छन् ।

कांग्रेसका नेता राहुल गान्धी र राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले आज बस्ने गठबन्धनमा सरकार बनाउनका लागि गरिने पहलका बारेमा छलफल हुने बताएका छन् ।  

यससँगे भारतमा सत्ता समीकरण रोचक मोडमा पुगेको छ । वर्तमान समयमा सत्तारुढ एनडीए गठबन्धनसँग २९२ सिट छ । जुन बहुमतका लागि आवश्यक पर्ने २७२ भन्दा अधिक हो । यदि जेडीयुको १२ सिट र टीडीपीको १६ सिट मिलाउने हो भने २८ सिट हुन आउँछ । अर्थात यी दुवै पार्टी बिना एनडीएको आँकडा लगभग २६४ सिट मात्रै हुन्छ । जुन बुहमतका लागि चहिनेभन्दा ८ सिटले कम हो ।  

अर्कोतर्फ इण्डिया गठबन्धनसँग २३२ सिट छ । जसमा कांग्रेसको ९९,समाजवादी पार्टीको ३७,तृणमूल कांग्रेसको २९,डीएसकेको २१,शिवसेना युबीटीको ९,एनसीपी(शरद पवार)७,आरजेडी ४,सीपीएम ४,आप ३ जेएमएम ३,सीपीआई एमएलको २ सीट रहेको छ ।  

एनडीएको कुल २९२ सिटमा बीजेपी २४० सिटका साथ सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको छ । यसपछि टीडीपी र नेडीयु र अन्य पार्टी छन् । केन्द्रमा सरकार गठनका लागि सबैको ध्यान अब नीतिश कुमार र चन्द्रबाबु नायडुमाथि परेको छ । यी दुवै नेता बेलाबेलामा साझेदार र रणनीति बदल्न माहिर भएकाले सत्ताको बागडोर कसको पोल्टामा पर्ने हो भन्ने चासोको विषय बनेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.