सोमबार, जेष्ठ ४,२०८३ 04:29:04
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:29:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । बजेट पछि लगातार खसेको नेप्से आज २१ सय माथि टिकेको छ । पछिल्लो समय बजारलाई भोल्युमले राम्रै साथ दिईरहेको छ । आज पनि बजारमा ५ अर्ब ५५ करोडबरारबको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई डाउ थेउरीमार्फत नियाल्दा बजारले हायर–लो कन्फर्मेसन गरेको छ ।  

तर अहिले नै हायर–हाई बनाइ हालेको अवस्था भने होइन । यदि बजार आगामी कारोबारमा २१३० विन्दुभन्दा माथि टिक्छ भने नयाँ हायर–हाई बन्ने छ । त्यसपछि भने बजारले अघिल्लोपटकको हाई २२ सय देखि २२ सय ५० सम्मको कुनै पनि विन्दु सम्मको यात्रा तय गर्न सक्छ । जसलाई इलिअट वेभबाट नियाल्दा पनि सानो समय अवधिको वेभ ५ हुन जान्छ ।

Bizshala
New Office
CG Motors

यसको उचाइ पनि २२५० आसपास देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिएर अपर ब्याण्डतर्फ आकषिर्त भएको देखिन्छ । म्याक्डीमार्फत हेर्दा केही दिन पहिले बनेको वियरिस क्रसओभर हाल सम्म पनि भ्यालिड नै रहेको छ ।  

तर हिस्टोग्राम फिक्का र छोटा–छेटा हुँदै गएका छन् । आरएसआई न्युट्रल जोन ५० भन्दा माथि टिकेर पुनः ६० भन्दा माथि टिकेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिँदै गरको देखिन्छ । तर यसको कन्फर्मेसनको लागि भने आगामी कारोबारमा बजारले २१३० भन्दा माथि टिकेर बन्द हुनु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.