सोमबार, मंसिर १५,२०८२ 03:36:08
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 03:36:08
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशमा ३४ अर्ब बढी सहुलियपूर्ण कर्जा स्वीकृत, सबैभन्दा धेरै व्यवसायिक कृषितर्फ

Hyundai Nepal
कोशी प्रदेशमा ३४ अर्ब बढी सहुलियपूर्ण कर्जा स्वीकृत, सबैभन्दा धेरै व्यवसायिक कृषितर्फ
Shivam Cement

काठमाण्डौ । कोशी प्रदेशमा ३४ अर्ब बढीको सहुलियपूर्ण कर्जा स्वीकृत भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कोशी प्रदेशमा ३४ अर्ब २ करोड ५२ लाख ४५ हजार रुपैयाँबराबरको सहुलियपूर्ण कर्जा स्वीकृत भएको हो ।  

यो अवधिसम्म कुल २२ हजार १०७ जनाले सहुलियपूर्ण कर्जाका लागि दिएको आवेदन स्वीकृत भएको छ । कुल स्वीकृत कर्जामध्ये सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत भएको छ । फागुनसम्म कोशी प्रदेशका ८ हजार ९२२ जनाको २० अर्ब ११ करोड ५८ लाख १४ हजार रुपैयाँबराबरको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत भएको छ ।  

त्यस्तै १२ हजार ८६३ जनाको १३ अर्ब ६७ करोड रुपैयाँ बढीको महिला उद्यमशिल कर्जा स्वीकृत भएको छ । विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत १७१ जनाको १४ करोड ४४ लाख रुपैयाँबराबरको सहुलियपूर्ण कर्जा स्वीकृत भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसैगरी ६० लाख रुपैयाँबराबरको शिक्षित युवा स्वरोजगार कर्जा,७ करोड ९ लाख रुपैयाँबराबरको दलिय समूदाय व्यवसाय विकास कर्जा,८६ लाख ५० हजार रुपैयाँबराबरको उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा,५६ लाख ५० हजार रुपैयाँबराबरको भुकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा र ५ लाख रुपैयाँबराबरको युवा वर्ग स्वरोजगार कर्जा स्वीकृत तथ्यांकले देखाएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.