सोमबार, मंसिर १५,२०८२ 12:39:44
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 12:39:44
Bizshala
Global IME Bank Limited

भारतीय व्यवस्थापक रहेको होटल हायात प्यालेसमा फुड डेलिभरी गर्ने माथि दुर्व्यवहार

Hyundai Nepal
भारतीय व्यवस्थापक रहेको होटल हायात प्यालेसमा फुड डेलिभरी गर्ने माथि दुर्व्यवहार
Shivam Cement

काठमामण्डौ । केक डेलिभरी कम्पनी, केकसेवा डट कमबाट डेलिभरी गर्न गएका राईडर माथी होटल हायात प्यालेसका कर्मचारीले दुर्व्यवहार गरेको आरोप लागेको छ । केकसेवा डट कमले एक विज्ञप्ती जारी गर्दै डेलिभरी गर्न गएका राईडरलाई चप्पल लाएको भन्दै अपमानजनक व्यवहार गर्दै होटलमा प्रवेश गर्न नदिएको जनाएको छ ।  

काठमाण्डौको सोल्टिमोडमा रहेको पाँच तारे होटल हायात प्लेसले होटलमा रहेका विदेशी पर्यटकले अर्डर गरेको केक डेलिभरी गर्न गएका डेलिभरी ब्वाईलाई गत आसार १२ गते होटल परिसर भित्र प्रवेश गर्नबाट रोक लगाइएको केक सेवा डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले बताए ।  

कुनै पनि आम मानिसलाई रंग, जात र सम्पत्तीका आधारमा गरिने विभेदलाई कानुनले पूर्णत बन्देज लगाएको अवस्थामा समेत होटल बाट दुर्व्यवहार गरिएको भन्दै केकसेवा डट कमले धोर आपत्ती जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

‘केक सेवा डट कमका डेलिभरी ब्वाईले चप्पल लगाएको भन्दै होटल परिसर भित्रै प्रवेश गर्न रोकेका थिए । प्रचण्ड गर्मिमा चप्पल लगाउनु सामान्य भएको र कुनै पनि होटल प्रवेशमा चप्पल लगाउनु ड्रेस कोडको मान्यता विपरीत हो,’ केकसेवा डट कमका प्रबन्ध निर्देशक सापकोटाले भने, ‘होटल परिसरमा कहिं कतै अनिवार्य डे«स कोड समेत उल्लेख भएको पाईंदैन । बरु होटलमा बस्ने धनाड्यहरु चहिं चप्पल र अन्य अनौपचारीक पोसाकमै होटल परिसर तथा लवीमा डुलिरहेको पाईन्छ ।’

आथित्य सत्कारमा केन्द्रित हुनुपर्ने होटले अथितीलाई होटल भित्र प्रवेश गर्नैबाट गरेको रोकटोक निन्दनिय भएको उनले बताए।

यस सम्बन्धि जानकारी लिन खोज्दा आफ्ना कर्मचारीबाट भएको गल्ति छानबिनको आश्वासन समेत नदिई केकसेवाको डिडिए गर्नु भन्ने रुखो सुझाव भारतिय नागरिक तथा हायात प्लेसका महाप्रबन्धक बरुण तलवारले दिएको सापकोटाले बताए । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.