सोमबार, जेष्ठ ४,२०८३ 05:19:11
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:19:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर संरचना परिवर्तन गर्दै गोर्खाज फाइनान्स, संस्थापक सेयरधनीका लागि जारी गर्यो यस्तो सूचना

Laxmi Sunrise Bank Limited
सेयर संरचना परिवर्तन गर्दै गोर्खाज फाइनान्स, संस्थापक सेयरधनीका लागि जारी गर्यो यस्तो सूचना
Shivam Cement

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ ।  

यसअघि संस्थामा  संस्थापक समूहको सेयर स्वामित्व ५७.५१ प्रतिशत र सर्वसाधारण समूहको ४२.४९ प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको रजिष्टर्डको कार्यालयमा समेत अभिलेख भईसकेको कम्पनीले जनाएको छ । कम्पनीको गत चैत २ गते सम्पन्न २८ औं र २९ औं वार्षिक साधारण सभाबाट ५१ः४९ अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।  

Bizshala
New Office
CG Motors

पूँजी संरचना परिवर्तनका लागि आगामी साउन २८ गते सम्ममा वित्तीय संस्थाको रेकर्डमा संस्थापक सेयरधनी रहेको सेयरधनीहरुको संरचना परिवर्तन गरिने कम्पनीले जनाएको छ । संस्थाबाट सेयर नामसारी(सेयर खरिद बिक्री,घरायसी नामसारी,मृत्यु नामसारी,अंशबण्डा आदि)स्वीकृति लिई सेयर नामसारी गर्न बाँकी रहेका सबै सेयरधनीलाई साउन २८ गतेभित्र सेयर नामसारी गरिसक्ने कम्पनीले आग्रह गरेको छ ।  

साथै, सेयर संरचना परिवर्तनमा आफ्नो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेमा वा इच्छा नभएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले अनुरोध गरेको छ । उक्त मितिभित्र कुनै जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.