शुक्रबार, असार ६,२०८२ 03:43:56
  • शुक्रबार, असार ६,२०८२ 03:43:56
Global IME Bank Limited

निफ्राको नाफा र ब्याज आम्दानीमा सामान्य गिरावट, ईपीएस कति ?

Hyundai Nepal
निफ्राको नाफा र ब्याज आम्दानीमा सामान्य गिरावट, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले  समीक्षा अवधिसम्ममा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको चौथौ त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो रकम अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ५.९७ प्रतिशतले कम हो।  

कम्पनीको खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानी घटेसँगै नाफामा प्रभाव परेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६.४६ प्रतिशतले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ । जुन अघिल्लो आवमा २ अर्ब ७२ करोड रुपैयाँ थियो ।  कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५४.२५ प्रतिशतले कम हो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्ममा २ अर्ब २४ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.०२ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको इम्प्येरमेन्ट चार्ज ३१ करोड ८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्ममा ८२ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन र २० अर्ब ८६ करोड रुपैयाँ  कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा कम्पनीले २ अर्ब ९५ करोड रुपैयाँको व्यवस्था गरेको छ ।    

 समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.१६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.०१ गुणा,तरलता अनुपात ४५९.७८ प्रतिशत र इक्युटिमा प्रतिफल ५.५१ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.