शनिबार, श्रावण २,२०८३ 08:24:10
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:24:10
Bizshala
Global IME Bank Limited

बक्यौता तिर्ने सर्तमा ६ उद्योगमा बिजुली जोड्ने विद्युत प्राधिकरणको निर्णय

बक्यौता तिर्ने सर्तमा ६ उद्योगमा बिजुली जोड्ने विद्युत प्राधिकरणको निर्णय
New Office

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको विद्युत प्राधिकरणको बैठकले लाइन जोड्ने निर्णय गरेको हो। 

बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटिएको थियो। तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त राखेर तत्कालका लागि लाइन जोड्ने निर्णय गरेको समितिले जनाएको छ।

ट्रकलाइन र डेडिकेटेड लाइनको विवादलाई लिएर प्राधिकरणले असार २५ र २६ गते ६ उद्योगमा लाइन काटेको थियो।

उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए। ओलीको उक्त निर्देशनलाई घिसिङले अवज्ञा गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीले आइतबार संसदमा  प्रबन्ध निर्देशक घिसिङको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए। यस्तै,विद्युत नियमन आयोगले पनि आइतबार बिजुलीको लाइन जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो। 

विद्युत प्राधिकरणले १३ दिनपछि पुनः विद्युत जोड्न लागेको हो।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.