सोमबार, असार २,२०८२ 02:24:07
  • सोमबार, असार २,२०८२ 02:24:07
Global IME Bank Limited

दुर्घटनामा परेको जहाज सौर्यले खरिद गर्नुअघि ५ वटा कम्पनीले प्रयोग गरेको खुलासा

Hyundai Nepal
दुर्घटनामा परेको जहाज सौर्यले खरिद गर्नुअघि ५ वटा कम्पनीले प्रयोग गरेको खुलासा
Nabil Bank Limited

काठमाण्डौ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको  जहाजले  २१ वर्ष ४ महिना उडान भरिसकेको खुलेको छ । आज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको ९ एन–एएमई जहाज बम्बार्डियर सीआरजे २०० सिरिजको हो । यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो ।

सौर्य एयरलाइन्सले खरिद गर्नुअघि यो जहाज ५ वटा कम्पनीले उटाईसकेका थिए । यो जहाजलाई सबैभन्दा पहिले सन् २००३ मा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले खरिद गरेको थियो । यसपछि यसलाई अगस्ट २००४ मा अमेरिकाको इन्डिपेन्डेन्स एयरले खरिद गरेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो जहाजलाई इन्डिपेन्डेन्स एयरले जुन २००७ सम्म प्रयोग गरेको थियो । सन् २००८ मा इन्डिपेन्डेन्स एयरले यो जहाज नाइजेरियाको एरिक एयरलाई बिक्री गरेको थियो । एरिकले पनि सन् २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसलाई बिक्री गरेको थियो ।  यो जहाजलाई कम्पनीले करिब १० वर्ष चलाएको थियो । त्यपछि  

सन् २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले खरिद गरेको थियो सौर्य एयरलाइन्सले मार्च २०१७ मा यो जहाजलाई खरिद गरेको थियो ।  

कम्पनीले विमानको इन्जिन परीक्षणका लागि काठमाण्डौबाट पोखरा विमानस्थल लैजाने निर्णय गरेको थियो । जस क्रममा आज उक्त जहाज काठमाण्डौको त्रिभुवन विमानस्थलमा दुर्घटना परेको छ । यो दुर्घटना १८ जनाको मृत्यु भएको छ भने विमानका मुख्य पाइलटको उपचार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.