सोमबार, असार २,२०८२ 12:24:21
  • सोमबार, असार २,२०८२ 12:24:21
Global IME Bank Limited

काठमाण्डौ उपत्यकामा बीवाईडीका २ वटा नयाँ सर्भिस सेन्टरको उद्घाटन

Hyundai Nepal
काठमाण्डौ उपत्यकामा बीवाईडीका २ वटा नयाँ सर्भिस सेन्टरको उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाण्डौ उपत्यकामा २ वटा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहकको संख्या वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।  

सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइनअनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा ईभी गाडीका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस वे रहेका छन् ।  

त्यसैगरी, स्पेयर पार्ट्स वेयर हाउस समेत रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गौरीघाट सर्भिस सेन्टरमा ५० जना कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए । जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक हुन् ।  

कुपण्डोलमा नयाँ सर्भिस सेन्टर

ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।  

सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ ।  

इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए।  

हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, विर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी ३ महिनाभित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.