बिहीबार, असार ५,२०८२ 06:24:54
  • बिहीबार, असार ५,२०८२ 06:24:54
Global IME Bank Limited

देशभर ९२.४% रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा करिब शतप्रतिशत

Hyundai Nepal
देशभर ९२.४% रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा करिब शतप्रतिशत
Nabil Bank Limited

काठमाण्डौ । मनसुनको अन्त्य नजिकिएसँगै देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।  

तथ्यांक अनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अहिलेसम्म सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा ९०.७ प्रतिशत रोपाईं सम्पन्न भएको तथ्यांकले देखाउँछ । यो प्रदेशको २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर जमिनमा रोपाईं भएको छ । गत वर्ष भने यतिबेलासम्म कोशी प्रदेशमा ८३.६ प्रतिशत मात्रै रोपाईं भएको थियो ।

यस्तै मधेस प्रदेशमा ९२, बागमती प्रदेशमा ९०.८ प्रतिशत, गण्डकी प्रदेशमा ९१.९ प्रतिशत,लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत र कर्णाली प्रदेशमा ९६.९ प्रतिशत जमिनमा रोपाईं सकिएको छ ।  

मनशुनको आगमन समयमै भएकाले यसपाली देशको सबै प्रदेशमा र उच्च दरमा रोपाईं सकिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.