सोमबार, असार २,२०८२ 04:54:34
  • सोमबार, असार २,२०८२ 04:54:34
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाको खुद नाफा २४ करोड १ लाख को उचाईमा थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ४८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर १ अर्ब ४१ करोडमा सीमित भएको छ ।  

संस्थाको कर्मचारी खर्च ४२ करोड ७३ लाख र सञ्चालन खर्च ६ करोड ९४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलानामा धेरै हो ।  

अघिल्लो आवको समीक्षा अवधिसम्म १२ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले यो अवधिसम्म १३ अर्ब ३५ करोड निक्षेप संकलन गरेको छ । संस्थाको कर्जा प्रवाह पनि वृद्धि भएको छ । संस्थाले समीक्षा अवधिसम्म १८ अर्ब ३५ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.३४ प्रतिशतल बढी हो । संस्थाको रिजर्भको आकार १२.३९ प्रतिशतले बढ्दै १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २२३.७६ प्रतिशतले बढ्दै २९ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा यो रकम ९ करोड ३ लाख रुपैयाँ थियो । संस्थाको खराब कर्जा अनुपात बढेर ११.३६ प्रतिशत पुगको छ । इम्पेयरमेन्ट चार्ज र खराब कर्जा बढ्दा संस्थाको नाफामा पहिरो गएको हो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३१.७३ गुणा,प्रतिसेयर नेटवर्थ २१४.११ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १३८६.४९ रुपैयाँ र तरलता अनुपात ७.८८ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.