आईतवार, जेष्ठ ३,२०८३ 12:59:08
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:59:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?

Laxmi Sunrise Bank Limited
स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।  

Bizshala
New Office
CG Motors

समीक्षा अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाको खुद नाफा २४ करोड १ लाख को उचाईमा थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ४८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर १ अर्ब ४१ करोडमा सीमित भएको छ ।  

संस्थाको कर्मचारी खर्च ४२ करोड ७३ लाख र सञ्चालन खर्च ६ करोड ९४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलानामा धेरै हो ।  

अघिल्लो आवको समीक्षा अवधिसम्म १२ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले यो अवधिसम्म १३ अर्ब ३५ करोड निक्षेप संकलन गरेको छ । संस्थाको कर्जा प्रवाह पनि वृद्धि भएको छ । संस्थाले समीक्षा अवधिसम्म १८ अर्ब ३५ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.३४ प्रतिशतल बढी हो । संस्थाको रिजर्भको आकार १२.३९ प्रतिशतले बढ्दै १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २२३.७६ प्रतिशतले बढ्दै २९ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा यो रकम ९ करोड ३ लाख रुपैयाँ थियो । संस्थाको खराब कर्जा अनुपात बढेर ११.३६ प्रतिशत पुगको छ । इम्पेयरमेन्ट चार्ज र खराब कर्जा बढ्दा संस्थाको नाफामा पहिरो गएको हो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३१.७३ गुणा,प्रतिसेयर नेटवर्थ २१४.११ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १३८६.४९ रुपैयाँ र तरलता अनुपात ७.८८ प्रतिशत कायम भएको छ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.