बिहीबार, जेष्ठ १,२०८२ 12:15:41
IME remit
  • बिहीबार, जेष्ठ १,२०८२ 12:15:41
IME remit
Global IME Bank Limited

सस्ता सेयरभाउ भएका ७ फाइनान्स कम्पनी, लगानीका लागि कुन उपयुक्त ?

Hyundai Nepal
सस्ता सेयरभाउ भएका ७ फाइनान्स कम्पनी, लगानीका लागि कुन उपयुक्त ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहको निकै चर्चा छ । केही फाइनान्स कम्पनीको सेयरमूल्यमा चलखेल भएको विषयले सिंगो फाइनान्स समूह नै यतिबेला चर्चित बन्न पुगेको छ ।  

हल्ला र चर्चाकै कारण दुईमहिनाअघि २१५० मा सीमित फाइनान्स समूह उपसूचक बृद्धि भई अहिले ३३६२.७९ को उचाईमा पुगेको छ । यस हिसाबमा दुई महिनाको अन्तरालमै फाइनान्स समूहको उपसूचक ५६.३७ प्रतिशतले बृद्धि भएको छ । केही साताअघि बजारमा गिरावट आएको दिन फाइनान्स इन्डेक्स बृद्धि भएको रेकर्ड समेत छ ।  

चर्चाकै आधारमा कतिपय नयाँ लगानीकर्ताहरु फाइनान्स कम्पनीको सेयर अध्ययन तथा विश्लेषण नै नगरी लगानी गर्न तम्सिदा लगानी फस्न सक्ने जोखिम हुन सक्छ । तुलनात्मक रुपमा हेर्दा फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था बलियो नभएपनि बजारमा चर्चा भएकै कारण सेयरभाउ भने अप्रत्याशित रुपमा बढिरहेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कमजोर वित्तीय अवस्था रहेका कतिपय फाइनान्स कम्पनीको मूल्य कर्नरिङ गरी तीव्र गतिमा बढाइएको देखिन्छ । यसरी सेयरमूल्य बढाउँदै लैजादा बजारमा करेक्सन आउँदा त्यस्ता कम्पनीको मूल्य ह्वात्तै तल खस्न सक्ने जोखिम बढी हुन्छ । बढ्दो बजारमा सेक्टरवाइज सबै कम्पनीको सेयरमूल्य बढेपनि फाइनान्स कम्पनीहरुको भाउ अप्रत्याशित ढंगबाटै बृद्धि भइरहेको देखिन्छ ।  

यतिबेला बजारमा वित्तीय अवस्था खराब भएका वा लो क्याप भएका कम्पनीहरु चलाएर मूल्य बढाउने टे«न्ड बढ्दो छ । लगानीकर्ताहरु पनि चर्चा भएकै कम्पनीमा झुम्मिने प्रवृत्तिले गर्दा बजारले लय समात्न सकेको छैन । लो क्याप भएका वा खराब वित्तीय अवस्था भएका कम्पनीहरुमा फाइनान्स कम्पनीहरु पनि पर्दछन् । अल्पकालिन लगानीका लागि मात्रै यस्ता कम्पनीबाट रिटर्न पाउने सम्भावना रहन्छ । अहिलेको बजारमा चलेको ट्रेन्डअनुसार लगानीकर्ता चनाखो हुने हो भने फाइनान्स कम्पनीबाट पनि राम्रो रिटर्न पाउने सक्ने देखिन्छ । तर कसैको लहैलहैमा वा हल्लाको भरमा लगानी गर्दा भने लगानी डुब्न सक्ने प्रबल सम्भावना रहन्छ ।  

यदि बजारमा नयाँ तथा पुराना लगानीकर्ताले फाइनान्स कम्पनीमा लगानी गर्ने हो भने त्यो कम्पनीको वित्तीय अवस्थामा जानकारी राख्नै पर्ने हुन्छ । आफुले लगानी गर्न चाहेको कम्पनीले कति रिटर्न दिन सक्छ त्यसको लागि कम्पनीको आधारभुत पक्ष हेर्न जरुरी छ ।  

अहिले बजारमा सस्ता सेयरभाउ रहेका फाइनान्स कम्पनीमा ८ वटा कम्पनी छन् । जसमा बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक, पोखरा फाइनान्स, प्राग्रेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्स रहेको छ । सो कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा विजशाला डटकमले तुलनात्मक अध्ययन गरेको छ । तर उक्त कम्पनीहरु मध्ये समृद्धि फाइनान्सको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित नभइसकेकाले सो कम्पनीलाई यस अध्ययनमा समावेश गरिएको छैन ।  

यदि वित्तीय अवस्था जानकारी राखेरै लगानी गर्ने हो भने यो अध्ययन त्यस्ता लगानीकर्ताका लागि सर्पोट हुन सक्छ । तर, यो अध्ययन केवल अध्ययनमा मात्रै सीमित रहेकाले कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको भने होइन । सेयरबजारमा लगानी गर्दा लगानीकर्ता आफैैंले विचार पुर्याएर लगानी गर्नुपर्ने हुन्छ ।  

खुद ब्याज आम्दानीको आधारमा  

दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताले सर्वप्रथम सो कम्पनीको आम्दानीको अवस्था के कस्तो छ त्यो हेर्न जरुरी छ । आम्दानी राम्रो भएमात्रै सो कम्पनीको नाफा राम्रो हुन सक्छ । गत आर्थिक वर्षमा सर्वाधिक खुद ब्याज आम्दानी गर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । पोखरा फाइनान्सले गत आवमा ३० करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

खुद नाफाको आधारमा  

लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि सो कम्पनीको नाफाको अवस्था हेर्न जरुरी हुन्छ । राम्रो नाफा कमाएको कम्पनीले मात्रै आफ्ना सेयरधनीलाई प्रतिफल दिन सक्ने सम्भावना रहन्छ । यसर्थमा लगानीकर्ताले नाफामा उक्लिएका कम्पनीमा लगानी गर्दा मात्रै जोखिम कम हुन सक्छ । गत आवको चौथो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने कम्पनीमा रिलायन्स फाइनान्स रहेको छ । फाइनान्सले सो अवधिसम्म २ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

वितरणयोग्य नाफाको आधारमा  

बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरणमा वितरणयोग्य मुनाफा सूचक समेत छुट्याएका हुन्छन् । सोही सूचकबाटै लगानीकर्ताले कतिसम्म प्रतिफल पाउन सक्छ भन्ने अनुमान लगाउन सक्छन् । तर, अधिकांश फाइनान्स कम्पनीहरुको यस्तो सूचक ऋणात्मक छ । अध्ययन गरिएको ७ वटा कम्पनीमध्ये दुई फाइनान्सको मात्रै यस्तो अवस्था धनात्मक छ । जसमध्ये गुहेश्वरी मर्चेण्ट फाइनान्सले सेयरधनीलाई लाभांश बाँड्नको लागि २ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ ।  

लाभांश क्षमताको आधारमा  

लगानीकर्ताले आफुले लगानी गरेको कम्पनीबाट प्रतिफल पाउने अपेक्षा राखेका हुन्छन् । लाभांश क्षमता नै नभएका कम्पनीमा लगानी गर्दा रिटर्न पाउने चान्स कम हुन्छ । गत आवको वितरणयोग्य मुनाफाको आधारमा सर्वाधिक लाभांश दिन सक्ने क्षमता मल्टीपर्पस फाइनान्स रहेको छ । फाइनान्सले वित्तीय विवरणमा वितरणयोग्य मुनाफा सूचक नछुट्याएपनि रिटेन्ड अर्निङमा १ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । यसर्थ कम्पनीले सोही बराबर रकम नै वितरण गर्ने हो भने लगानीकर्तालाई २.४५ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता राख्छ ।  

ईपीएसको आधारमा  

दोस्रो बजारमा कुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताले बुझ्नैपने अर्को सूचक भनेको प्रतिसेयर आम्दानी (ईपीएस)पनि हो । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । गत आवमा सर्वाधिक ईपीएस मल्टीपर्पस फाइनान्सको ५.०६ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । गत आवमा सबैभन्दा धेरै नेटवर्थ गुहेश्वरी मर्चेण्ट बैंकको १४१.५६ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । गत आर्थिक वर्षमा सबैभन्दा कम पीई रेसियो रिलायन्स फाइनान्सको १७७.९८ गुणा छ ।  

एनपीएलको आधारमा  

यदि फाइनान्सको सेयरमा लगानी गदै हुनुहुन्छ भने सोही कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बुझ्नु जरुरी हुन्छ । यदि फाइनान्सको एनपीएल बढी भएमा सो कम्पनीको खुद ब्याज आम्दानी र नाफा प्रभावित बन्न सक्छ । गत आर्थिक वर्षमा सबैभन्दा थोरै एनपीएल वेष्ट फाइनान्सको २.८४ प्रतिशत छ ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.