काठमाण्डौ । झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नमीठो हार व्यहोरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई शुभकामना दिएका छन् ।
बालेनसँग हार स्वीकार गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
बालेन काठमाण्डौ महानगरपालिकाको मेयर निर्वाचित भएपछि आफूले तबला दिंदै गरेको पुरानो तस्विरसहितको स्टाटस पोस्ट गर्दै ओलीले लेखेका छन् :
बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !

