आईतवार, जेष्ठ ३,२०८३ 06:08:21
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:08:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'

Laxmi Sunrise Bank Limited
संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभाको अर्थसमितिमा पूँजीबजारका पछिल्ला समस्याहरुको विषयमा आज छलफल हुने भएको छ ।  

अर्थसमितिकी सचिव रेखा उपाध्यायका अनुसार पूँजीबजारको समसामयिक विषयमा छलफल गर्ने अजेण्डासहित बिहान ११ बजेदेखि बैठक बोलाइएको छ ।  

बैठकमा सांसदहरुले पूँजीबजारको विषयमा पछिल्ला समय उठेका सवालहरुमा केन्द्रीत रही आफ्नो विचार व्यक्त गर्नेछन् । 

Bizshala
New Office
CG Motors

'पूँजीबजारमा पछिल्लो समय धेरै खालका हल्लाहरु चलेका छन् । धेरै खालको इस्यूहरु आएका छन् । यी सबै विषयमा सांसद ज्यूहरुले आफ्नो कुरा राख्नुहुन्छ होला ।' उपाध्यायले बिजशालासँग भनिन्आ-'जको छलफल पूँजीबजारका समस्याहरुको दीर्घकालीन समाधान खोज्ने विषयमा समेत केन्द्रीत हुनेछ ।'  

अर्थसमितिका सभापति तथा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले पूँजीबजारमा एक्कासी उछाल आएको र यसको स्थायीत्वको ग्यारेण्टी नदेखिएको दाबी गर्दै सोही विषयमा धितोपत्र बोर्डका प्रतिनिधिहरुलाई बोलाएर समितिमा छलफल गर्न लागिएको जानकारी दिए ।  

'सेयर बजारमा एक्कासी उछाल के कारणले आएको हो ? यसको भविष्य के छ ? यस्तो उछाल स्थायी हो कि होइन ? जस्ता विषयमा आज छलफल गर्न खोजिएको हो ।' बिजशालासँग चालिसेले भने-'पछिल्लो समय बजारमा उछालसँगै विकृतिहरु पनि बढिरहेका विषयहरु बाहिर आएका छन् । यसमा नियामक धितोपत्र बोर्ड मौन रहेको गुनासाहरु पनि आएका छन् । धेरै साना लगानीकर्ताहरुलाई ठूलाले सुनियोजित रुपमा जालमा फसाइरहेका विषय पनि हामीसम्म आइपुगेका छन् । यी सबै विषयमा प्रष्ट हुन पूँजीबजारकै अजेण्डा राखेर बैठक डाकिएको हो ।'  

सभापति चालिसले पछिल्लो समय सेयर बजारमा दुईचारजना ठूला मिलेर लोभ सिर्जना गर्ने र त्यस्तो जालमा सानालाई फसाएर आफू सेयर बेची उम्किने प्रवृति मौलाएको दाबी गरे । 'आफूले किनेको स्क्रिप्टको बढी प्रचारप्रसार गर्ने र सोझालाई फसाउने काम भइरहेको विषय आएका छन् । यसको ग्यारेण्टी के हो ? साना लगानीकर्ता फस्यो भने यसको जिम्मेवार को हुन्छ ? धितोपत्र बोर्डले यसको जिम्मा लिन्छ कि लिंदैन । यस्ता प्रश्नहरु छन्, यसमा हामीलाई जवाफ चाहिएको छ ।' उनले थपे-'त्यही भएर बजारका चुनौति, समस्या र सम्भावनाका विषयमा व्यापक छलफल गर्छौ र एउटा ठोस निश्कर्ष निकाल्नेछौं ।'

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.