शनिबार, श्रावण २,२०८३ 01:36:15
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 01:36:15
Bizshala
Global IME Bank Limited

बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा

बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा
New Office

काठमाण्डौ। बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको छ।  विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढालिदिएपछि बंगलादेश अहिले विश्वको नजरमा परेको छ। हसिना देश छोडेर भागेपछि बंगलादेश अस्थिर र अशान्त छ।  

नेपालले बंगलादेशबाट धेरै कम मात्रमा समान ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत वर्ष जम्मा ४ अर्ब २२ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको छ। 

यो अवधिमा नोपलबाट ५५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। आयात र निर्यातको रुपमा आधार हेर्ने हो भने नेपालको बंगलादेशसँग ३ अर्ब ६७ करोड रुपैयाँ व्यापार घाटामा छ। 

बंगलादेशबाट विविध पशुपन्छी, आलु, स्ट्रेप्सील, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामाग्री, केही औषधि र जुस जस्ता समानहरु नेपाल आयात हुन्छन्। तर नेपालबाट भने मोलासिस, मुसुरोको दाल, उपचार सामाग्री खयर जस्ता सामानहरु निर्यात हुन्छन्।

बंगलादेशबाट अघिल्लो वर्ष ९२०७९/८०० ६ अर्ब बढीको सामान आयात भएको थियो भने नेपालबाट ५७ करोड ४० लाख रुपैयाँको मालवस्तु निर्यात भएको थियो। यो अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.