आईतवार, जेष्ठ ३,२०८३ 04:24:11
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:24:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘मलाई आज रीस उठेको छ, फ्रेस छैन’-अर्थसमितिका सभापति

भन्छन्-'पूँजीबजार यति सम्वेदनशील हुन्छ भन्ने थाहै थिएन, टाउको मात्र दुखाइएछ'

Laxmi Sunrise Bank Limited
‘मलाई आज रीस उठेको छ, फ्रेस छैन’-अर्थसमितिका सभापति
Shivam Cement

काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सभापति तथा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले आफूलाई अनावश्यक विषय ल्याएर विवादमा तान्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् ।  

बिजशालासँग केहीबेरअघि सम्पर्कमा आएका चालिसेले पूँजीबजारका विषयमा धेरै गुनासाहरु आएपछि सामान्य छलफल गर्नलाई आफूले बोलाएको बैठकको विषयमा अतिरञ्जना फैलाइएको र दिनभर अनेक खालका मान्छेले फोन गरेर हैरान पारेका प्रतिक्रिया दिएका हुन् ।  

Bizshala
New Office
CG Motors

 

'पूँजीबजारको विषय यति सम्वेदनशील हुन्छ भन्ने कुरा मलाई त थाहै थिएन । बैठक राखेर अनावश्यक टाउको मात्र दुखाइएछ जस्तो लागिरहेको छ ।' बिजशालासँग खुलेका उनले भने-'मलाई आज रीस पनि उठेको छ । साच्चिकै भन्दा म आज फ्रेस नै छैन।' 

उनले बैठक राख्नु आफ्नो अधिकार रहेको उल्लेख गर्दै भने-' बजारको विषयमा कुराहरु उठेपछि अर्थसमितिले बैठक नै राख्न नपाउने भन्ने पनि हुन्छ ? बजारलाई कसरी स्थायीत्व दिने, कसरी अझ राम्रो बनाउने भन्ने विषयमा मैले सोच्नै नहुने हो ?'  

आफूले बजारमा उठेका सामान्य विषयमा बुझ्न धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षलाई बोलाएको र उनीबाट कुराहरु प्रष्ट भइसकेपछि बैठक सकिएको जानकारी दिए । 'कुनै निर्देशन जारी गर्न, कुनै छानबिन समिति बनाउन वा बजारमा कुनै उथलपुथल ल्याउन डाकिएको बैठक होइन यो ।' उनले थप प्रष्ट पार्दै भने-'यस्ता अनेकौं बैठकहरु भइरहेका हुन्छन्, तिनैमध्येको सामान्य बैठक मात्र हो । यहाँ त यिनै सामान्य बैठकको विषयमा समेत भ्रम फैलाएर खेलाडीहरुले लुट्ने रहेछन् ।' 

उनले सेयर बजारको विषयमा उठेका विषयमा सम्बन्धित सरोकारवाला निकायका अधिकारीहरुले प्रष्ट पारिसकेपछि अब आफू नेतृत्वको समितिले कुनै निर्णय गर्ने वा निर्देशन दिने विषय असान्दर्भिक हुने प्रष्ट्याए ।  

'मैले कसरी राम्रो गर्न सकिन्छ भनेर मात्र बैठक डाकेको थिएँ । चलखेल गरेकोसम्म आरोप खेप्नुपर्यो । पूँजीबजारको विषयमा आगामी दिनमा बैठक बोलाउँदा थप सम्वेदनशील बन्नुपर्ने रहेछ भन्ने पाठ चाहिँ भयो ।' उनले थपे-'यस्तो टेन्सनयुक्त काममा मलाई फस्नुछैन ।'  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.