मंगलवार, जेष्ठ ५,२०८३ 03:33:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:33:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि

Laxmi Sunrise Bank Limited
अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९३२.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७९.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ४४ करोड ६६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म ८ लाख ३६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको प्रशासनिक खर्च १ करोड ९५ लाख, बिक्री÷वितरण खर्च १९ करोड ४४ लाख , प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड २८ लाख र वित्त खर्च ४७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।    

५ अर्ब ७८ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४० करोड ८० लाख र कुल चालु दायित्व ८१ करोड ४५ लाख रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । ईपीएस १.०७ रुपैयाँबाट बढेर ७.८९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.२१ गुणा र तरलता अनुपात ०.५० प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.