मंगलवार, जेष्ठ ५,२०८३ 01:33:18
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:33:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, ७% हकप्रद सेयर समेत जारी गरिने

Laxmi Sunrise Bank Limited
प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, ७% हकप्रद सेयर समेत जारी गरिने
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै बैठकले ७ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ । 

बैठकले आव २०७९/८० को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनश सेयर प्रदान गर्न सकिने भएकोले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत बरारबरको मात्र हकप्रद सेयर जारी गरी न्यूनतम चुक्तापूँजी कायम गर्न सकिने भएकोले पूर्व घोषित १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पुनरावलोकन गर्ने निर्णय गरेको छ ।  

नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशतले हुन आउने रकम बराबरको प्रति कित्ता १०० अकिंत मुल्यको हकप्रद सेयर जारी गर्न कम्पनीको २०८० पौष २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित १७ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्ड बाट हालसम्म स्वीकृती प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । 

हकप्रद र लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतीको लागि लेखि पठाउने र नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भए पश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने कम्पनीले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.