खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद पुनः थप
काठमाण्डौ । खानीखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटकका लागि थप गरेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ । यो हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।...