काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले शतप्रतिशत अर्थात अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासनका गर्नेछ । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट वैशाख २५ गते अनुमति समेत पाईसकेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।