काठमाण्डौ । छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ, जेठ १गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।