काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनापश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६९.२३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६३८.४५ रुपैयाँ कायम थियो । अब सोमबारको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्दैछ ।