काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ते आज अन्तिम दिन रहेको छ । कम्पनीले १०ः३.४७८ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ७ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
यसअघि कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको थियो । तर नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात हकप्रद सेयरको अनुपात घटाएको हो ।