बिहीबार, असार १८,२०८३ 12:48:32
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:48:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

Laxmi Sunrise Bank Limited
गार्डियन माइक्रो लाइफद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गते विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियमनकारी निकायबाट कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८२ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकहरुको नियुक्ति(निर्वाचन)गर्ने र कम्पनीले सामाजिक उत्तरदायित्व अर्न्तगत गरेको खर्च अनुमोदन समेत गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.