मंगलवार, जेष्ठ ५,२०८३ 03:32:22
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:32:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हकप्रदको अनुमति माग्दै सेबोनको पाइपलाइनमा ८ बीमा कम्पनी, कुनको कति ?

Laxmi Sunrise Bank Limited
हकप्रदको अनुमति माग्दै सेबोनको पाइपलाइनमा ८ बीमा कम्पनी, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । हकप्रद निष्कासनको अनुमति माग्दै ८ बीमा कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापुँजी बढाउने नीति ल्याएसँगै बीमा कम्पनीहरु पुँजी बृद्धि प्रयोजनकै लागि हकप्रद निष्कासनको दौडधुपमा लागिपरेका छन् ।  

लामोसमयदेखि धितोपत्र बोर्डमा ५० भन्दा बढी कम्पनीको धितोपत्र निष्कासनको काम रोकिएको छ । करिब ८ महिना धितोपत्र बोर्डमा स्थायी रुपमा अध्यक्ष नहुँदा बीमा कम्पनीहरुको हकप्रद निष्कासन प्रक्रिया रोकिएको छ । हकप्रद जारी गर्ने प्रक्रिया नै रोकिएपनि बीमकहरुले तोकेको समयमा चुक्तापुँजी बढाउन सकिरहेका छैनन् ।  

Bizshala
New Office
CG Motors

बोर्डको पाइपलाइनमा ४ वटा जीवन बीमा र ४ वटा निर्जीवन बीमा कम्पनी छन् । जीवन बीमातर्फ एलआइसी नेपाल, एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफले बोर्डसँग अनुमति मागेका छन् । यता निर्जीवनतर्फ नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले बोर्डसँग हकप्रदको अनुमति मागेका छन् ।  

जीवन बीमातर्फ  

जीवन बीमातर्फ ४ वटा कम्पनीले हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । जसमा सर्वाधिक एलआइसी नेपालले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासनको अनुमति मागेको छ । कम्पनीले २०८० साल असोज २९ गते नै बोर्डमा निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १ः०.८८ अनुपात अर्थात चुक्तापुँजीको ८८ प्रतिशत दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मचेन्ट बैकिङ्ग रहेको छ ।  

त्यस्तै, सन नेपाल लाइफले पनि १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ्ग रहेको छ । कम्पनीले गत असार २३ गते बोर्डमा निवेदन दिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

 

यसका साथै एशियन लाइफ इन्स्योरेन्सले पनि पूँजी बृद्धि प्रयोजनका लागि १ः०।४२ अनुपातमा अर्थात् चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले गत जेठ २३ गते निवेदन पेश गरेको थियो ।  

प्रभु महालक्ष्मी लाइफले पनि २०८० साल फागुन २२ गते हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कायम चुक्तापुँजीको १७ प्रतिशत अर्थात् १ः०.१७ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।  

निर्जीवनतर्फ  

निर्जीवनतर्फ पनि ४ वटा कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । जसमा एनएलजी इन्स्योरेन्सले कायम चुक्तापुँजीको ६६ प्रतिशत अर्थात् १०ः६।६ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्न २०८० कात्तिक २ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सले पनि २०८० चैत ६ गते कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात् १ः०.२५ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको थियो । बोर्डबाट स्वीकृती पाएमा कम्पनीले ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।  

यसका साथै प्रभु इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले  गत असार १९ गते सेबोनमा निवेदन पेश गरेको थियो ।  

यता नेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजी बढाउनकै लागि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद जारी गर्न गत असार २४ गते सेबोनमा निवेदन पेश गरेको थियो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.