बिहीबार, असार १२,२०८२ 01:08:39
  • बिहीबार, असार १२,२०८२ 01:08:39
Global IME Bank Limited

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

Hyundai Nepal
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप
Nabil Bank Limited

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप गरिएएको छ । गत जेठ २३ गतेदेखि निष्काशित कम्पनीको हकप्रदमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर अब यो कम्पनीको हकप्रदमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि हकप्रद निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.