काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।
कम्पनीले २३ करोड ३४ लाख रुपैयाँबराबरको ऋण तिर्ने प्रयोजनको लागि र माथिल्लो सार्दी खोला जलविद्युत निर्माणमा लगानी गर्ने प्रयोजनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले उक्त आयोजना निर्माणमा ३५ करोड लगानी गर्ने उल्लेख गरेकोमा आयोजनामा अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँबाट जम्मा ४६ करोड ३३ लाख रुपैयाँमात्रै बैंकबाट स्वीकृति भएको र ४६ करोड ३३ लाख टर्म लोन घटाउँदा बाँकी १९ करोड ५९ लाख रुपैयाँ बराबरको मात्रै स्व–लगानी हुनुपर्ने भएकाले उक्त आयोजना लगानी गर्ने प्रयोजनका लागि १९ करोड ५९ लाख रुपैयाँ समेत गरी जम्मा ४२ करोड ९४ लाख २४ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासनको पूर्व स्वीकृति पाएको हो ।
कम्पनीले सो पश्चात् अब नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा हकप्रद निष्कासनको लागि अनुमति माग्नेछ ।