मन्दाकिनी हाइड्रोपावरको ४८.४५ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको हो।