मंगलवार, जेष्ठ ५,२०८३ 04:40:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:40:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?

Laxmi Sunrise Bank Limited
९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?
Shivam Cement

काठमाण्डो । पूँजी बढाउने प्रयोजनकै लागि ९ वटा बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये दुईले अनुमति पाइसकेका छन् । जसमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीले साधारण सभा समते आह्वान गरेका छन् । हकप्रदपछि दुबै कम्पनीको तोकेको पुँजी पुग्नेछ ।  

एलआइसी नेपालले ८८.४५ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्नेछ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत अर्थात् १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख रुपैयाँ बराबरको ९६ लाख ३१ हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

यसका साथै, धितोपत्र बोर्डको पाइपलाइनमा ३ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनी छन् । जीवन बीमातर्फ सन नेपाल लाइफले १ः०.२७ को अनुपातमा १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्न अनुमति मागेको छ । कम्पनीको बोनस सेयर वितरणपछि कायम चुक्तापुँजी ३ अर्ब ९६ करोड रुपैयाँमा हकप्रदपछि तोकेको पुँजी पुग्नेछ ।  

Bizshala
New Office
CG Motors

साथै, एशियन लाइफ इन्स्योरेन्सले पनि पूँजी वृद्धि प्रयोजनका लागि १ः०.४२ अनुपातमा अर्थात् चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीको बोनस वितरणपछि कायम हुने चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँमा हकप्रदपछि पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन अझै १७ करोड २३ लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कायम चुक्तापुँजीको १७ प्रतिशत अर्थात् १ः०.१७ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रदपछि कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

यता निर्जीवनतर्फ ५ वटा कम्पनीले हकपद निष्कासनको अनुमति मागेका छन् । जसमध्ये नेको इन्स्योरेन्सले कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रदपछि नेकोको चुक्तापुँजी ५ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्रभु इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीलाई न्यूनतम पुँजी पुर्याउन अझै २३ करोड रुपैयाँ आवश्यक पर्नेछ ।  

यता नेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजी बढाउनकै लागि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३० करोड १८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुँजी पुर्याउन अझै १९ करोड ८२ लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

यसका साथै युनाइटेड अजोड इन्स्योरेन्सले पनि १५ प्रतिशत हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न सेबोनसँग स्वीकृति मागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।  

कम्पनीलाई न्यूनतम पुँजी पुर्याउन अझै ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ । हकप्रदपछि पनि पुँजी नपुगेका बीमा कम्पनीले अपुग पुँजी बराबरको बोनस सेयर जारी गरी पुँजी पुर्याउन सक्ने देखिन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.