काठमाण्डौ । खानीखोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्दैछ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले १ः१ अनुपातमा प्रति सेयर रू. १०० दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ । । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।